समाजसेवी रुपेश खतिवडाद्वारा अरनिको माविका विद्यार्थीलाई छात्रवृत्ति वितरण (तस्बिरहरु)

समाजसेवी रुपेश खतिवडाद्वारा अरनिको माविका विद्यार्थीलाई छात्रवृत्ति वितरण (तस्बिरहरु)

उर्लाबारी,२९ भदौ। उर्लाबारी नगरपालिका ८ स्थित अरनिको माध्यमिक विद्यालयमा शुक्रवार बाल दिवस मनाईएको छ । विशेष कार्यक्रमको आयोजना गरी विद्यालयको सभाहलमा बाल दिवस मनाइएको हो ।

सो अवसरमा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति समेत वितरण गरिएको प्रधानाध्यापक सुर्यमान सेरेङले जानकारी दिनुभयो । कार्यक्रममा समाजसेवी तथा राजनीतिकर्मी उर्लाबारी ( ८ निवासी रुपेश खतिवडाले बाल कक्षादेखि ९ सम्मका १३ जना विद्यार्थीलाई एक सेट विद्यालय पोशाक र जनही  ५ सय रुपैयाँ नगद छात्रबृति वितरण गर्नुभयो । कक्षा प्रथम हुने विद्यार्थीलाई उहाँले छात्रबृति वितरण गर्नुभएको हो । उहाँले बिगत ७ वर्षदेखी छात्रबृति वितरण गर्दै आउनु भएको छ । खतिवडाले सोही विद्यालयबाट एसएलसी उतिर्ण गर्नुभएको थियो ।

सामुदायिक विद्यालयमा विद्यार्थीहरुको प्रोत्साहनका लागि प्रत्येकवर्ष आफुले छात्रवृति प्रदान गर्दै आएको खतिवडाले जानकारी दिनुभयो । सामुदायिक विद्यालयमा सरकारले अझ बढी लगानी बढाउन आवश्यक रहेको बताउनु हुँदै खतिवडाले स्थानीय सरकार र अभिभावक मिलेर विद्यालयको शैक्षिक गुणस्तर बृद्धिमा लाग्नुपर्नेमा जोड दिनुभयो । यस्तै सोही अवसरमा पम्फामाया अक्षयकोष छात्रृवृति कक्षा ८ की छात्रा अप्सरा लिम्बु र कक्षा ११ की ममता पौडेललाई तथा ढकमाया खतिवडा स्मृति अक्षयकोष छात्रवृति कक्षा १२ की बालकुमारी अधिकारी र कक्षा १२ कै सुजता विश्वकर्मालाई प्रदान गरिएको थियो ।

कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गायन लगायतका आफ्ना प्रतिभाहरु प्रस्तुत गरेका थिए । बाल दिवसको दिन विद्यार्थीहरुको क्षमता प्रस्तुत गराउन कार्यक्रम गर्ने गरिएको प्रधानाध्यापक सेरेङले बताउनुभयो । कार्यक्रम शिक्षक अभिभावक संघका अध्यक्ष निर्मला ढुंगानाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

 

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.