सप्तरीमा प्रजिअ सहित सुरक्षा प्रमुखलाई कारबाही, शहीद घोषणा नगरुन्जेलसम्म शव नउठार्इने मोर्चाको घोषणा

सप्तरीमा प्रजिअ सहित सुरक्षा प्रमुखलाई कारबाही, शहीद घोषणा नगरुन्जेलसम्म शव नउठार्इने मोर्चाको घोषणा

सप्तरीमा प्रहरी र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच झडपका क्रममा भएको मानवीय क्षतिको घटनापछि गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारीसहित जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुलाई मन्त्रालयमा फिर्ता बोलाएर कारबाही गरेको छ । उनीहरुलाई कुशलताका साथ कार्य सम्पादन गर्न नसकेको भन्दै कारबाही गरिएको हो ।

गृहमन्त्री निधिले बल प्रयोग नगरी स्थिति सामान्य अबस्थामा फर्काउन सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिनुभएको थियो । करिब डेढघण्टा लामो छलफलमा नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका प्रमुख दिलिप रेग्मी, नेपाल प्रहरीको कार्यबिभाग प्रमुख सहित गृहमन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख बालकृष्ण पन्थी लगायतको उपस्थिति रहेको थियो । त्यसक्रममा सुरक्षा निकायका प्रमुखहरुले घटनाबारे जानकारी गराएका थिए ।

सोमवार एमालेको मेची महाकाली अभियानलार्इ अवरोध गर्न खोज्दा प्रहरीको गोली लागि ४ जना मधेशी मोर्चाका कार्यकर्ताको मृत्यु भएको थियो।मृतकका परिवारलार्इ क्षतिपूर्ति र शहीद घोषणा नगरुन्जेलसम्म शव नउठार्इने मोर्चाले जनाएको छ। मोर्चाले बन्दको कार्यक्रमलार्इ अझ सशक्त वनाउने भएको छ।
चाँडो भन्दा चाँडो घाइतेको उपचार गर्नुपर्ने साथै क्षतिपुर्ति दिनुपर्ने माग राखेका छन्। गोली चलाउने जिल्ला प्रहरी कार्यलयका एसपी, सशस्त्रका एसपी र प्रमुख जिल्ला अधिकारीलको निलम्बनको माग समेत उनीहरुले गरेका छन् । बन्दकर्ताले राजविराजमा राष्ट्रिय मानवअधिकार आयोगको गाडीमा तोडफोड गरेका छन् । त्यस्तै, लाहानमा नेपाल  टेलिकम र नगरपालिकाको कार्यालयमा समेत मोर्चाका कार्यकर्ताले तोडफोड गरेका थिए। मोर्चाले म‌ंगलवारदेखि तरार्इका जिल्लामा बन्दको आह्वान गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.