उपाध्यक्ष नेम्वाङको निधनमा एमालेले तीन दिनसम्म शोक मनाउने

उपाध्यक्ष नेम्वाङको निधनमा एमालेले तीन दिनसम्म शोक मनाउने

काठमाडौँ, २६ भदौ । नेकपा (एमाले)ले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनप्रति तीन दिन शोक मनाउने भएको छ ।

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा मंगलवार बसेको सचिवालय बैठकले पार्टीमा योगदानको मूल्याङ्कन गदैै नेता नेम्बाङको सम्मानमा विशेष शोक प्रस्ताव पारित गर्दै तीन दिनसम्म देशभरिका पार्टी कार्यालयको झण्डा आधा झुकाउने निर्णय गरिएको एमाले कार्यवहाक महासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालय तथा इलाम निर्वाचन क्षेत्र नं. २ मा शोक पुस्तिका राखिने छ । पार्टी र पार्टी सम्बन्ध जनवर्गिय सङ्गठनको औपचारिक कार्यक्रम तीन दिनसम्म स्थगित गरिएको नेता ज्ञवालीले जानकारी दिनुभयो ।

यसैगरी पार्टीले असोज २ गते पार्टी मुख्यालयमा विशेष श्रद्धाञ्जलिसभा गर्ने निर्णयसमेत गरेको उहाँले बताउनुभयो । हाल पार्थिव शरीरलाई ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा राखिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले दिवंगत नेता नेम्वाङको पार्थीव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली दिएका छन् ।

नेम्वाङलाई पार्टी मुख्यालयमा सर्वसाधारणदेखि पार्टी कार्यकता तथा उच्च नेताहरुले श्रद्धाञ्जली दिएका छन् । प्रतिनिधिसभा सदस्य नेम्वाङको मंगलवार बिहान १ः४० बजे त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *