पत्रकार महासंघ कोशीको कार्यालयमा प्रेस चौतारीले लगायो ताला, सदस्यता शुद्धीकरणको नाममा मापदण्ड मिचेको आरोप

पत्रकार महासंघ कोशीको कार्यालयमा प्रेस चौतारीले लगायो ताला, सदस्यता शुद्धीकरणको नाममा मापदण्ड मिचेको आरोप

विराटनगर । प्रेस चौतारी नेपालमा आबद्ध कोशी प्रदेशका पत्रकारहरु आन्दोलित भएका छन् । पत्रकार महासंघ कोशी प्रदेश समितिले सदस्यता सुद्धीकरणका क्रममा विभेदपूर्ण हिसावले मनोमानी गरेको भन्दै चौतारीमा आबद्ध पत्रकारहरु आन्दोलित भएका हुन् ।

आन्दोलनका कार्यक्रमअन्तर्गत प्रेस चौतारीका कोशी प्रदेश अध्यक्ष अविजाल बिष्ट नेतृत्वको समूहले आज  (आइतवार) पत्रकार महासंघ कोशी प्रदेश समितिको कार्यालयमा तालाबन्दी गरेको छ । माग पूरा नभएसम्म महासंघको कार्यालयमा लगाएको तालाबन्दी कायमै रहने चौतारीका अध्यक्ष विष्टले चेतावनी दिनु भएको छ । जबसम्म कोशी प्रदेशमा कार्यरत श्रमजीवी तथा दक्ष पत्रकारहरुले सदस्यता पाउँदैनन् र सदस्यता पाएकाहरुको नविकरण गरिँदैन तबसम्म तालाबन्दी कायम रहने विष्टले जनाउनु भयो । समस्या समाधानका लागि चौतारी सदैव वार्ताका लागि तयार रहेको उहाँको भनाइ छ ।

पत्रकार महासंघले विभिन्न जिल्लाको सदस्यता शुद्धीकरणका नाममा मापदण्ड मिचेर नाम सिफारिस गरेको भन्दै कोशी प्रदेशमा चौतारी आन्दोलित छ । सदस्यता शुद्धीकरणको नाममा केन्द्रले पठाएको मापदण्ड मिचेर नाम सिफारिस गरेको चौतारीको आरोप छ । पत्रकारको सदस्यता शुद्धीकरण तथा नविकरणका लागि पत्रकार महासंघमा पठाइएको नाम छानबिन समिति बनाएर छानबिन गर्नुपर्ने माग उसको छ ।

पूर्वाग्रही ढङ्गले, राजनीतिक आस्था भएकै कारण र गैरपत्रकारको समेत नाम शुद्धीकरणका लागि सिफारिस गरेको आरोप महासंघ र यसमा आाबद्ध पदाधिकारीलाई लगाइएको छ । महासंघको केन्द्रीय समितिले पारित गरेको १५ बुँदे मापदण्ड हु-बहु पालना हुनुपर्ने चौतारीको माग छ ।

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.