एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा २ मतको अन्तरले राधाकृष्ण कँडेलको जित

एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा २ मतको अन्तरले राधाकृष्ण कँडेलको जित

बुटवल । नेकपा एमालेको लुम्बिनी प्रदेश अध्यक्षमा राधाकृष्ण कँडेल विजयी भएका छन् । बुटवलको अन्तर्राष्ट्रिय सभाहलमा सम्पन्न मत परिणाम अनुसार अध्यक्षका प्रत्याशी हरि रिजाललाई २ मतले पराजित गर्दै कँडेल विजयी भएका हुन् ।

विजयी कँडेलले ४७९ मत प्राप्त गरे भने रिजालले ४७७ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।त्यसैगरी उपाध्यक्षमा भोजप्रसाद श्रेष्ठ ४५५ मत प्राप्त गर्दै विजयी भएका छन्, भने उपसचिव (पुरुष)मा पूर्ण बुढा मगर ४१८ मत पाउँदै विजयी भएका छन् । उपसचिव ९महिला०मा भने लीला राना मगर ३५२ मत पाउँदै निर्वाचित भएकी छन् ।

 

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *