सुनकाण्डमा पक्राउ परेका खरेल सुन ओसारपसारमा संलग्न व्यक्ति

सुनकाण्डमा पक्राउ परेका खरेल सुन ओसारपसारमा संलग्न व्यक्ति

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा पक्राउ परेका टोखाका सुमन खरेल नेपाल–भारतमा सुन ओसारपसारमा संलग्न व्यक्ति भएको खुलेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले खरेल सुन ओसारपसारमा संलग्न रहेको आधार फेला पारेपछि भारतबाट पक्राउ गरेर ल्याएको हो । चिनियाँ नागरिक एलेक्स भनिने याओ पुचिङसँग उनको सम्बन्ध देखिएको प्रहरी स्रोतले बताएको छ ।

पुचिङ हङकङबाट नेपालमा आउने सुनको व्यवस्थापनमा सक्रिय थिए । राजधानीको विभिन्न ठाउँमा खोलिएको सुन गाल्ने गोदाममा तयार गरिएको ढिक्का खरेलले बोकेर भारत लैजाने गरेको देखिएको छ । ‘एलेक्ससँग उनको नजिकको सम्बन्ध देखिएको छ, यसमा संलग्न अरु नेपालीको पनि खोजी भइरहेको छ’, सीआईबी स्रोतले भन्यो ।

हालसम्म यो प्रकरणमा २५ जना पक्राउ परिसकेका छन् । राजश्व अनुसन्धान विभागले ३ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिर सुनसहितको १५५ किलो ब्रेक प्याड बरामद गरेको थियो । १९ दिनपछि अनुसन्धानको सम्पूर्ण जिम्मेवारी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० लाई दिइएको थियो ।

त्यसक्रममा हङकङबाट आउने सुनको व्यवस्थापनमा संलग्न ६ जना विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ परेकामध्ये बेल्जियन नागरिक दावा छिरिङको माओवादी नेताहरुसँग पनि सम्बन्ध देखिएको छ । निकटता देखिएपछि सीआईबीले सोमबार पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनसँग पनि बयान लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.