सरकारको नालायकीपनले बजेट शून्यतामा गएको पूर्वमुख्यमन्त्री कार्कीको ठहर

सरकारको नालायकीपनले बजेट शून्यतामा गएको पूर्वमुख्यमन्त्री कार्कीको ठहर


विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारको नालायकीपनले बजेट शून्यतामा गएको बताएका छन् । आइतबार विराटनगरमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले सरकार गैरजिम्मेवार बनेको टिप्पणी गरे । प्रदेशमा बजेट होलिडे हुँदा जनताले तिर्ने करसमेत लिन नमिल्ने भएको उनले बताए ।

उनले भने, ‘प्रदेशमा यस्तो अवस्था आउनु दुस्खद कुरा हो । बजेटको विषयमा सरकार संवेदनशील नबन्दा प्रदेश बजेटविहीन भएको छ ।’ कोशीमा आजदेखि बजेटबिहीन हुने भएको छ । यसअघि कार्की नेतृत्वको सरकारले साउन ३२ गते अध्यादेशमार्फत बजेट ल्याएको थियो ।

उक्त बजेट प्रदेशसभाको असार १४ गते बसेको बैठकमा पेश भएको थियो । अध्यादेश पेश भएको ६० दिन ९भदौ १०० भित्र प्रतिस्थापन विधेयकमार्फत प्रतिस्थापन गर्नुपर्ने थियो । तर, प्रदेशमा राजनीतिक दलहरुबीचको असहमति र पेचिलो अंकगणितका कारण बजेट शून्यतामा गएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.