धरानमा शुक्रवार राति १२ बजेदेखि निषेधाज्ञा जारी

धरानमा शुक्रवार राति १२ बजेदेखि निषेधाज्ञा जारी

विराटनगर । धार्मिक विवाद देखिएपछि स्थानीय प्रशासनले धरानमा निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार जिल्ला सुरक्षा समितिको बैठकले शुक्रवार राति १२ बजेबाट शनिवार राति १२ बजेसम्म निषेधाज्ञा जारी भएको हो ।

धरानमा शनिबार हिन्दु अभियान्ताले गोरु काटेको र मन्दिरअगाडि चर्च बनाएको विरोधमा प्रदर्शन गर्ने तयारी गरेको छ । आफ्नो संस्कृति मनाउन पाउनुपर्ने भन्दै अर्को समूहले पनि शनिवारका लागि नै प्रदर्शनको घोषणा गरेको छ ।

पक्ष विपक्षले एकै पटक आन्दोलन घोषणा गरेपछि स्थिति नियन्त्रणमा लिन प्रशासनले शुक्रवारबाट लागु हुनेगरी धरानमा निषेधाज्ञा जारी गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालका अनुसार धरान प्रवेशको नाकामा पनि कडाई गरिएको छ । कडाई गरिएका क्षेत्रमा पनि निषेधाज्ञा जारी भएको छ ।

हिन्दु अभियान्ताहरुले शनिबार बरगाछी चोकबाट सिंहदेवी चोकसम्म ¥याली निकाल्ने तयारी गरेका छन् । संस्कृति मनाउन पाउनुपर्ने माग गर्दै आएको पहिचान पक्षधरले शनिवार भानु चौकमा प्रदर्शनको तयारी गरेको छ । दुवै पक्ष सामाजिक सञ्जालमा आक्रमक रुपमा प्रस्तुत भएपछि स्थानीय प्रशासनले केहीदिनदेखि सुरक्षा सतर्कता बढाएको थियो ।

पछिल्लो समय धरान प्रवेशको नाकामा कडाई गरिएको प्रहरी उपरीक्षक ढकालले बताए । उनका अनुसार धरानको प्रवेश नाका तरहरा, नहडा, झण्डा चोक, पानबारी र भेडेटारमा सुरक्षा सतर्कता अपनाइएको हो । ती स्थानमा प्रदर्शनका लागि आउने व्यक्तीलाई धरान प्रवेश गर्न दिएको छैन ।

‘हामीले सबैपक्षसँग छलफल गरेका छौं, धरानको आग्रह बाहिरबाट प्रदर्शनमा नआउनुहोस् भन्नेछ,’ प्रहरी उपरीक्षक ढकालले भने,‘ उच्च सुरक्षा सतर्कता अपनाएका छौं ।’ भारतबाट समेत ‘गहुँत छर्कने कार्यक्रम’का लागि मानिस आउन थालेको सूचना पाएपछि प्रशासनले झापा मोरङ र सुनसरीको सीमा क्षेत्रमा पनि कडाई गरेको प्रहरी स्रोतले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.