कोशी प्रदेशमा विश्वासको मतका लागि राजनीति खेल सुरु, सोमवार विश्वाशको मत लिने कार्यक्रम

कोशी प्रदेशमा विश्वासको मतका लागि राजनीति खेल सुरु, सोमवार विश्वाशको मत लिने कार्यक्रम

काठमाण्डौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आउँदो सोमवार विश्वासको मत लिनु हुने भएको छ । थापाले विश्वासको मत लिनका लागि आज शुक्रवार प्रदेशसभा सचिवलाई सूचना दिनुभएको हो ।

उपसभामुख सिर्जना दनुवारले विश्वासको मतको प्रस्ताव प्रदेशसभामा सोमवार दिउँसो १ बजे छलफलका लागि समय तोकेको कांग्रेसका प्रमुख सचेतक भूपेन्द्र राईले जानकारी दिनुभयो । संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री थापाले आउँदो १३ गतेभित्र प्रदेशसभाबाट विश्वासको मत लिइसक्नुपर्ने छ ।

९३ सदस्यीय प्रदेशसभामा गठबन्धन दल कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका चार र जसपाका एक गरी ४७ सांसद छन् । उपसभामुखसहित एमालेका ४० र राप्रपाका छ गरी ४६ सांसद प्रतिपक्षमा छन् ।

उपसभामुख दनुवारले प्रदेशसभाको अध्यक्षता गरिदिएमा मुख्यमन्त्री थापालाई विश्वासको मत प्राप्त हुन्छ । अन्यथा ज्येष्ठ सदस्यले प्रदेश सभाको अध्यक्षता गर्ने व्यवस्थाअनुसार अरू प्रक्रिया अघि बढ्नेछन् । यस्तो अवस्थामा विपक्षी दलहरू एमाले र राप्रपाको सहयोगविना विश्वासको मत लिन चुनौतीपूर्ण हुनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.