गृहमन्त्री श्रेष्ठले संसद्को रोष्ट्रमबाट राजीनामा घोषणा गर्नुपर्छ: केपी ओली

गृहमन्त्री श्रेष्ठले संसद्को रोष्ट्रमबाट राजीनामा घोषणा गर्नुपर्छ: केपी ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसद्को रोष्ट्रमबाट आफ्नो राजीनामाको घोषणा गर्नुपर्ने बताएका छन् ।

च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आइबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले सुन प्रकरणलाई लिएर गृहमन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने बताएका हुन् । राजीनामा दिन बाहेक अरु कुरामा बोल्न संसदको रोष्ट्रममा जानु अनौठो भएको उनको भनाइ छ ।

अध्यक्ष ओलीले सुन तस्करी नियन्त्रण गर्न गृहमन्त्री श्रेष्ठ असफल भएको आरोपसमेत लगाए । ओलीले भने, ‘गृहमन्त्रीले त खासमा‘ राजीनामा गर्नबाहेक त्यहाँ (रोष्ट्रममा) जानु भनेको अनौठो कुरा हो । यत्रो असफलता भएको छ । चुरोट भनेर ल्यायो सुन हुन्छ । सुन भनेर ल्यायो राखेको ठाउँबाट चोरी हुन्छ । गृहमन्त्रीको जवाफदेही होइन त्यो ?’ केही दिनअघि गृहमन्त्री श्रेष्ठले सुन तस्करी प्रकरणबारे सदनमा जवाफ दिएका थिए । त्यसको जवाफ ओलीले दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.