प्रदेश सांसद र कर्मचारीलाई इन्डक्सन वितरण कति उचित ? सर्वसाधारणलाई दिनुपर्नेमा जोड

प्रदेश सांसद र कर्मचारीलाई इन्डक्सन वितरण कति उचित ? सर्वसाधारणलाई दिनुपर्नेमा जोड

विराटनगर । कोशी प्रदेशमा नेपाली कांग्रेसका नेता उद्धव थापा नेतृत्वको सरकारले प्रदेश सांसद र कर्मचारीलाई विद्युतीय (इन्डक्सन) चुल्हो वितरण सुरु गरेको छ । तर कोशी प्रदेशसभा सचिवालयले एक करोड रुपैयाँ खर्चिएर किनेको विद्युतीय (इन्डक्सन) चुल्हो वितरणसम्बन्धी विवाद अहिले उत्कर्षमा पुगेको छ । कोशी प्रदेशको खानेपानी, ऊर्जा तथा सिचाई मन्त्रालयले लक्षित वर्गका लागि छुट्याएको बजेटबाट विद्युतीय चुल्हो किनेर प्रदेशसभा सदस्य र कर्मचारीलाई वितरण गर्न थालिएपछि विरोध चर्किएको हो ।

प्रदेशका मन्त्री, सांसद र कर्मचारीलाई वितरण गर्न भनेर किनिएको चुल्होको सत्तापक्ष र सत्ता बाहिरका सांसहरुबाट नै विरोध भइरहेको हो । प्रदेश सरकारको खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयले खाना पकाउने ग्यास प्रतिस्थापन र विद्युत् खपत बढाउन सहयोग पुग्ने भन्दै गत आर्थिक वर्षमा एक करोड रुपैयाँमा ६१३ थान इन्डक्सन चुल्हो किनेको थियो ।

इन्डक्शन चुल्हो सांसद र कर्मचारीलाई वितरण गर्ने निर्णयचाहिँ एकीकृत समाजवादीका नेता राजेन्द्र राई मुख्यमन्त्री भएका बेला भएको हो । ग्यास प्रतिस्थापन र विद्युत् खपत बढाउन सहयोग पुग्ने भन्दै आर्थिक वर्ष २०७९\८० मा राई नेतृत्वको प्रदेश सरकारले १ करोड रुपैयाँ विनियोजन गरेको थियो । त्यति बेला मोवादीका रामकुमार राई खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री थिए । तर छोटो समयमै सरकार गुमेका कारण कार्यान्वयन भने हुन सकेन ।

फेरि नेकपा एमालेबाट हिक्मत कार्कीको नेतृत्वमा प्रदेश सरकार गठन भयो । पूर्वमुख्यमन्त्री राजेन्द्र राईको पालामा निर्णय भएको विषयलाई खरिद प्रक्रिया अघि बढाएर कार्की नेतृत्वको सरकारले कार्यान्वयनमा ल्याइ दियो । फेरि कम अवधि मात्रै सत्ता सम्हालेका कार्कीपछि अहिले मुख्यमन्त्रीमा कांग्रेसका उद्धब थापा छन् । उनको नेतृत्वमा रहेको सरकारले भने इन्डक्शन चुल्हो वितरण नै गरिदिएको छ ।

यता खाना पकाउने ग्यास खपत घटाउन र विद्युत् प्रयोग बढाउने उद्देश्यले खरिद गरिएको चुल्हो पहिले सर्वसाधारणलाई वितरण गर्नु आवश्यक रहेको प्रमुख प्रतिपक्षी एमालेका नेता तथा पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले सञ्चारमाध्यमलाई प्रतिक्रिया दिएका छन् । कार्कीले भने पुर्व मुख्यमन्त्री राजेन्द्र राईको पालामा भएको निर्णयलाइ खरिद प्रक्रिया अघि बढाएर कार्यान्वयन गराए । तर यस प्रक्रियाप्रति कार्की स्वयं संतुष्ट छैनन् । चुल्हो किने पनि सेवासुविधा पाइरहेका कर्मचारी र प्रदेश सांसदलाई त्यो वितरण गर्न नहुने उनको भनाइ छ ।

कोशी प्रदेशको खानेपानी, ऊर्जा तथा सिचाई मन्त्रालयले लक्षित वर्गका लागि छुट्याएको बजेटबाट विद्युतीय चुल्हो किनेर प्रदेशसभा सदस्यहरूलाई वितरण गर्न थालेपछि प्रदेशको सत्तारुढ दल नेपाली कांग्रेसले नै विरोध गरेको छ । सरकारले प्रदेशसभामार्फत वितरण गरिरहेको चुल्हो आफूले नलिने प्रदेश सांसद केदार कार्कीको प्रतिक्रिया छ ।  यसबारे गम्भीरतापूर्वक निर्णय लिएर सम्बन्धित मन्त्री अघि बढ्नुपर्ने कार्कीको भनाइ छ ।

यता बोलपत्र आह्वान गरेर चुल्हो किनिएको मन्त्रालयका सूचना अधिकारी राजेन्द्रकुमार माझीले सञ्चारमाध्यमलाई जानकारी दिएका छन् । प्रदेश सरकारका कर्मचारी र प्रदेश सांसदले इन्डक्सन चुल्हो प्रयोग गरेको देखेर सर्वसाधारण पनि प्रभावित भई प्रयोग गर्ने भएकाले वितरण गरिएको मन्त्रालयका सचिव नवीनराज सिंहको तर्क छ । कमिशनको खेल भएको भनेर दाबी भइरहेका बेला त्यो भने नभएको उनी बताउँछन् । खुला प्रतिस्पर्धाबाट किनिएकाले यसमा कमिसनको खेल नभएको सचिव सिंहको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.