‘पितासरह’को भूमिका निर्वाह गरेको भन्दै सुनील शर्माले दिए ओलीलाई धन्यवाद

‘पितासरह’को भूमिका निर्वाह गरेको भन्दै सुनील शर्माले दिए ओलीलाई धन्यवाद

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनील शर्माले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई ‘विशेष धन्यवाद’ दिएका छन् । अदालतले थुनामा राख्न प्रहरीलाई अनुमति नदिएपछि रिहा भएका शर्माले फरक पार्टीको भए पनि ओलीले आफ्ना लागि ‘पितासरह’को भूमिका निर्वाह गरेको बताएका हुन् ।

“मेरो पिताजीसहर रोल निर्वाह गर्नुभएको, राष्ट्र नायकका रूपमा उहाँले आफूलाई उभ्याउनुभएको केपी शर्मा ओली र उहाँको पार्टीलाई म फरक पार्टीको भए पनि हृदयबाट धन्यवाद दिन चाहन्छु । म उहाँलाई भेट्छु पनि,” शर्माले भने ।

उनले शेखर कोइराला, गगन थापासहितका नेताहरूलाई पनि धन्यवाद दिए । उनले मेडिकल व्यावसायी दुर्गा प्रसाईंलाई पनि धन्यवाद दिए ।

आजैमात्र ओलीले गृह र अर्थमन्त्रीको राजीनामा मागेकै कारण शर्मालाई प्रक्राउ गरिएको बताएका थिए । उनको पार्टी एमालेले संसद्‍मा शर्माको पक्षमा वकालत गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.