मैले अदालतबाट न्याय पाएँः सांसद सुनील शर्मा

मैले अदालतबाट न्याय पाएँः सांसद सुनील शर्मा

काठमाडौं । कांग्रेस सांसद सुनील शर्माले आफूले न्याय पाएको बताएका छन् । जिल्ला अदालतले थुनामा राख्न प्रहरीलाई अनुमति नदिएपछि रिहा भएका शर्माले आफूले न्यायालयबाट न्याय पाएको बताए । उनले व्यावसायी मीनबहादुर गुरुङ र कांग्रेस नेता बालकृष्ण खाँणले पनि बाहिरै बसेर मुद्दा लड्न पाउनुपर्ने पनि बताए । उनीहरू भगौडा नभएको उनको भनाइ छ ।

‘न्यायालयले मलाई न्याय दिएको छ । अझ धेरै मान्छेले न्याय पाउन बाँकी छ । अरू मान्छेले पनि न्याय पाउनुपर्छ । मीनबहादुरजस्ता मान्छे भित्रै कस्टडीमा छन् । उनीहरूले पनि बाहिर बसेर मुद्दा लड्न पाउनुपर्छ । बालकृष्ण खाँणले पनि बाहिर बसेर मुद्दा लड्न पाउनुपर्छ । किनभने उहाँ भगौडा होइन’, उनले भने ।

शर्माले राज्यसत्तामा टिकिरहन आफूलाई प्रधानमन्त्री र गृहमन्त्रीले पक्राउ गराएको पनि आरोप लगाए । उनले आफूलाई ३० वर्ष पुरानो फाइल खोलेर तेस्रोपटक पक्राउ गरिएको पनि बताए । उनले आफूले आईएको शिक्षा भारतबाट लिएको र सो कुरा अदालतमा प्रमाणित गरेर देखाउने दाबी गरे ।

‘सुन तस्करका संरक्षकहरू विशेषतः अहिलेको गृहमन्त्री र अर्थमन्त्री उहाँहरूले राजनीनामा दिनुपर्छ । मैले यो मागसहित अनशनको घोषणा गरेको थिएँ । राज्यसत्तामा टिकिरहनका लागि मलाई समातिएको हो । यो ३० वर्ष पुरानो फाइल मलाई तेस्रोपटक गिरफ्तार गरिएको हो’, उनले भने ।

आफूलाई प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा पक्राउ गरिएको भन्दै उनले शान्ति सम्झौताका लागि वातावरण बनाइदिने आफूलाई प्रधानमन्त्री दाहालले हत्कडी लगाएर  गुन तिर्नु भएको बताए । उनले अब कांग्रेसलै नेकपा (माओवादी केन्द्र) सँगको सहकार्य तोड्नुपर्ने बताए ।

‘माओवादीसँगको अहिलेको हाम्रो एलाइन्समा सोच्नुपर्छ । यस्तो आतंककारी गृहमन्त्री एकछिन पनि सत्तामा बस्न मिल्दैन’, उनले भने । सांसद शर्माले आफूलाई बिनाकारण पक्राउ गरिएको भन्दै गृहमन्त्रीले सत्तामा बसिरहन नैतिकताले नदिने पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.