विराटनगर विद्यालय नाटक महोत्सवको तेस्रो संस्करणको तयारी गरिँदै

विराटनगर विद्यालय नाटक महोत्सवको तेस्रो संस्करणको तयारी गरिँदै

विराटनगर । विराटनगर विद्यालय नाटक महोत्सवको तेस्रो संस्करणको घोषणासँगै तीव्र तयारी पनि सुरु भएको छ । आरोहण गुरुकुल विराटनगरले आगामी भदौ २२ गतेदेखि १० दिनसम्म महोत्सव गर्ने घोषणा गर्दै विद्यालयको सहभागिताका लागि आह्वान गरेको हो । विराटनगर र आसपासका विद्यालयले आगामी साउन ३१ गतेभित्रमा आवेदन दिन सक्नेछन् ।

आवेदन दिनका लागि आयोजक गुरुकुलसँग सम्पर्क गर्न वा गुरुकुलको सामाजिक सञ्जालमा उपलब्ध लिंक प्रयोग गर्न सकिनेछ । आवेदन दिएका मध्ये ९ वटा विद्यालय छनोट हुनेछन् । छनोटपछि ति विद्यालयलाई गुरुकुलले नै निःशुल्क प्रशिक्षण र प्राविधिक सहयोग दिएर हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा हुने महोत्सवमा नाटक मञ्चनको अवसर दिनेछ ।

पाठ्यक्रममा भएको वा शिक्षक वा विद्यार्थीले लेखेको एक घण्टा अवधि हाराहारीको नाटक विद्यार्थीहरुले नै अभिनय गरी मञ्चन गर्नुपर्ने हुन्छ । ९ विद्यालय र आयोजकको एउटा समेत १० नाटक मञ्चन हुने यो महोत्सव विद्यार्थीलाई रङ्गमञ्च तर्फ आकर्षित गर्ने उत्सव भएको आयोजक आरोहण विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले बताए ।

‘विद्यालयले आवेदन दिएमा त्यसपछिको सम्पूर्ण प्रकृयामा हाम्रो निःशुल्क सहयोग हुनेछ’, क्षेत्रीले भने, ‘यो विद्यालय र विद्यार्थी कै लागि रङ्गमञ्च पुग्ने सुनौलो अवसर हो ।’विगतका २ संस्करण सफलतापूर्वक सम्पन्न भइसकेको नाटक महोत्सवमा यसपटकदेखि अवार्डको पनि व्यवस्था गरिएको अध्यक्ष क्षेत्रीले बताए । ९ विद्यालय मध्येबाट उत्कृष्ट नाटक र उत्कृष्ट अभिनेता\अभिनेत्रीलाई अवार्ड समेत प्रदान गरिने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.