विराटनगरमा क्यासिनोः विदेशी रकम आर्जन, राजस्व र पर्यटन प्रवर्द्धनको गतिलो माध्यम

विराटनगरमा क्यासिनोः विदेशी रकम आर्जन, राजस्व र पर्यटन प्रवर्द्धनको गतिलो माध्यम

अबिजाल बिष्ट/ विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा दुईवटा क्यासिनो सञ्चालनमा आएपछि रोजगार, पर्यटन प्रवर्द्धन, व्यापार वृद्धि हुनाका साथै वैदेशिक रकम भित्रिन टेवा पुगेको छ । विराटनगरमा हाल रत्न होटलमा स्मार्ट क्यासिनो र विग होटेलमा च्याम्पियन जोन नामको क्यासिनो सञ्चालनमा छ । यिनीहरुमा दैनिक दुई सयको हाराहारीमा भारतीय नागरिक क्यासिनो खेल्न आउने गर्छन् । नेपालीलाई भने यी क्यासिनोहरुमा खेल्न मात्रै होइन पस्न पनि प्रतिबन्ध लगाइएको छ ।

दुइ क्यासिनोले वार्षिक चार करोडभन्दा बढी कर तिर्छन् भने प्रत्यक्ष अप्रत्यक्षरुपमा पाँचसय बढीलाई रोजगारी दिएका छन् । दैनिक खेल्न र हेर्न मात्रै दुई सयको हाराहारीमा भारतीय मुलका मानिसहरु आउने गर्छन् । भारतीय मूलका मानिसहरुको संख्या बढेसँगै विराटनगरका होटलहरु भरिभराउ भएका छन् । क्यासिनोका माध्यमबाट आयआर्जन बढ्ने भएपछि स्थानीय व्यापारी तथा होटेल व्यवसायी उत्साहित देखिएका छन् । यस्तै हवाई टिकट विक्री बढी हुन थालेको छ । विराटनगरमा क्यासिनो सञ्चालन भएपछि भारतीयले एकदुई दिन विराटनगरमा बसेर काठमाडौंका लागि हवाइ टिकट लिने गरेका छन् ।

विशेषगरी भारतको जोगवनी फारबिसगञ्ज, रानीगञ्ज,पटना,पूर्णियालगायत सहरका मानिसहरुका लागि विराटनगरका क्यासिनो आकर्षणको केन्द भएका छन् । भारतको दिल्ली, मुम्बई, कोलकोत्ता, पटना, सिलिगुढी, गुहावटीलगायतका विभिन्न सहरका मानिसहरु आफन्त भेट्न विराटनगर आउने गर्छन् । अतः विराटनगरमा आफन्त भेट्न आएकाहरुलाई रमाइलो गर्ने प्रमुख माध्यम क्यासिनो भएका छन् । यसले भारतीय रकम विराटनगर भित्र्याउन सहयोग पुर्याएको छ ।

यता मोरङ प्रशासनले पनि क्यासिनो सञ्चालनका लागि सुरक्षा प्रदान गर्दै सहयोग गर्ने गरेको छ । क्यासिनो सञ्चालन विराटनगरका लागि मात्रै होइन, कोशी प्रदेशका अन्य ठाउँको पयर्टन प्रवर्द्धन गर्ने गतिलो माध्यम हो । तर यसका अधिकांश राम्रो पक्ष हुँदाहुँदै पनि सञ्चालनका लागि केही चुनौतीहरु छन् । वास्तवमा पर्यटन प्रवर्द्धन, रोजगार, राजस्वलगायतमा क्यासिनो अब्बल मानिएको छ ।

क्यासिनोका प्रबन्ध निर्देशकहरु के भन्छन् त ?

ररत्न होटेलमा सञ्चालनमा रहेको स्मार्ट क्यासिनोका प्रबन्ध निर्देशक लक्ष्मण बोहोराले ‘विराटखबर’सँग कुराकानी गर्दै भन्नुभयो,’क्यासिनो व्यवसायीका लागि मात्रै होइन,देशका लागि नै राम्रो पक्ष हो । नियमितरुमा सञ्चालन गर्नका लागि विराटनगरका सवै पक्षबीच प्रभावकारी समन्वय गरेर अगाडि बढ्नुपर्ने आवश्कता छ।’

बिग होटेलमा सञ्चालनमा रहेको च्याम्पियन जोन क्यासिनोका प्रबन्ध निर्देशक रामकृष्ण गौतम विदेशी रकम आर्जन गर्ने राम्रो व्यवसाय क्यासिनो भएको दाबी गर्नुहुन्छ। हरेकपक्षले महत्वपूर्ण भएको यसलाई केही मानिसले फरक दृष्टिकोणले पनि हेर्ने गरेका छन् । तर विभिन्न चुनौतीहरु भएपनि यसको स्थायीत्वका लागि राज्यले नै उचित पहल गर्नुपर्नेमा गौतम जोड दिनुहुन्छ।

देशभरि क्यासिनोकोे अवस्था:

नेपालका क्यासिनोमा विदेशी पर्यटकले मात्र प्रवेश पाउने गर्छन् । क्यासिनो सञ्चालन गर्न हाल लगभग दुइ दर्जन कम्पनीले अनुमति पाएका छन् । पछिल्लो समय क्यासिनो सञ्चालनको अनुमति मोफसलमा रहेका होटलहरुलाई पनि दिइएको छ । आतिथ्य सेवामा लगानी र क्यासिनो पूर्वाधार थप भएसँगै अनुमति दिइएको हो । आधुनिक मेशिन वा उपकरणको माध्यमबाट इजाजत लिएर सन्चालनमा रहेका क्यासिनोहरुमा सिएनजी क्यासिनो महेन्द्रनगर, होटल ओपेरा महेन्द्रनगर, होटल भिष्वा, विरगञ्ज, होटल रत्ना विराटनगर,विग होटेल विराटनगर,होटल प्लाटिनम काठमाडौंलगायत छन् । नेपाली नागरिकलाई प्रतिबन्ध लगाइने यस्ता क्यासिनोमा विदेशी पर्यटकलाई मात्रै खेल्न इजाजत छ । सरकारले बजेट तथा कार्यक्रममै विदेशी पर्यटकलाई नेपाल ल्याउन बढि जोड दिने गरेको छ ।

नेपालमा पहिलो पटक याक एण्ड यति होटलमा विक्रम सम्वत २०४८ सालमा क्यासिनो सञ्चालनको अनुमति दिइएको थियो । २०७०/७१ सालसम्म क्यासिनोले अनुमति पाएका थिए । त्यसपछि सरकारले चुक्तापूँजी बढाउने निर्णय लियो । यो निर्णयपछि नयाँ क्यासिनो आउने क्रम बन्द पनि भएको थियो । नेपालमा सञ्चालनमा रहेका क्यासिनोहरुले वार्षिकरुपमा एक अर्बभन्दा बढी रोयल्टी र आयकर तिने गर्छन् । कोरोना कालमा लकडाउनले असर गरेका क्यासिनो पछिल्लो समय विस्तारै लयमा फर्किने क्रममा रहेका छन् ।

नेपालमा अनुमति प्राप्त क्यासिनोको विवरण :

-बेल्लिज नेपाल प्रालि : मल्ल होटल लैनचौर
-एटलान्टिक रिक्रियसन होटल : डेला अन्नपूर्ण दरवारमार्ग
-प्राइड इन्टरटेनमेन्ट: तारागाउँ रिजेन्सी बौद्ध
-डेल्टइन नेपाल: होटल म्यारियट नक्साल
-एसएचएल म्यानेजमेन्ट सर्भिसेज होटल टाइगर वन भैरहवा
-एसएचएल म्यानेजमेन्ट सर्भिसेज: होटल सांग्रिला लाजिम्पाट
-क्यासिनो रोयल : होटल याक यण्ड यति दरवारमार्ग
-क्यासिनो र्‍याड:  होटल र्‍याडिसन लाजिम्पाट
-माजोङ इन्टरटेन्मेन्ट:  सोल्टी होटल
-इम्पेरियल इन्टरटेन्मेन्ट होटल: सोल्टी शिवक्रिम होटल्स नेपालगन्ज
-भेगस रिक्रियसन: मेची क्राउन प्लाजा झापा
-ज्याकपोट ग्यामिङ सेन्टर :न्यू होटल सिद्धार्थ बाँके
-स्माइल कलेक्सन प्रालि: इच्छा होटल सिमरा
-सेन्ट्रल मिडिया ग्रुप : होटल ओपेरा (नेपालगञ्ज), होटल भिसुवा (वीरगञ्ज), होटल रत्ना (विराटनगर), होटल प्लाटिनम (काठमाडौं)
-ह्याप्पी आवर प्रालि होटल स्वीटड्रीम महेन्द्रनगर, होटल लाकौल (भैरहवा), होेटेल ढाका (काँकडभिट्टा)
-रक इन्टरनेशनल:  होटल साथी धनगढी, होटल सुरज वीरगञ्ज, होटल बोधी रेडसन भैरहवा र होटल रियाज काकडभिट्टा
-निर्भाना लक्जरी: होटल निर्वाण भैरहवा
-बेलिज इन्टरटेन्मेन्ट: होटल स्नेह प्रालि बाँके
-सिद्धार्थ गेमिज जोन प्रालि होटल नान्स भैरहवा
-ओम क्रयम्बकम इन्टरटेन्मेन्ट: कल्पतरु होटल्स एण्ड कौशिकी बैंकेट प्रालि बाँके
-सेपियर इन्टरटेन्मेन्ट टोक्नोलोजी प्रालि: होटल सिटी प्यालेस बाँके
– कोशी प्रदेशमा ५ वटा, जसमा विराटनगरमा दुईवटा सन्चालनमा छन् ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.