श्रावण महोत्सवले महिला उद्यमीले उत्पादन गरेका सामग्रीलाई प्राथमिकता दिएको पूनम राठीको दाबी

श्रावण महोत्सवले महिला उद्यमीले उत्पादन गरेका सामग्रीलाई प्राथमिकता दिएको पूनम राठीको दाबी

विराटनगर । महेश्वरी महिला मञ्च विराटनगरको आयोजनामा विराटनगरमा दुई दिने श्रावण महोत्सव सम्पन्न भएको छ । मञ्चले हरेक वर्षको साउन महिनामा गर्दै आएको महोत्सव साउन ५ र ६ गते विराटनगरको अतिथि सदनमा सम्पन्न गरेको हो ।

चर्चित करेन्ट ब्रान्डका चाउचाउ र स्न्याक्सका उत्पादक यशोदा फुड्स मुख्य प्रायोजक रहेको महोत्सवमा भारतको कोलकाता र बनारसबाट ल्याइएका सारी र कुर्तासुरुवाल, जुत्ताचप्पल, बेकरी, कस्मेटिक सामग्री, फुड कर्नर, राजस्थानमा उत्पादित मसला, बडी, पापड, भुजिया र अन्य खाद्यसामग्री, पूजासामग्री, राखी लगायतका ३० वटा स्टल थिए ।

मञ्चका अध्यक्ष पूनम राठीले महोत्सवले महिला उद्यमीले उत्पादन गरेका सामग्रीलाई प्राथमिकता दिएको बताइन् । अध्यक्ष राठीले महोत्सवबाट महिला उद्यमीमा व्यक्तित्व, नेतृत्व र व्यावसायिकताको विकास हुने विश्वास व्यक्त गरिन् । राठीले महोत्सवबाट भएको आर्जन बेरोजगार महिलालाई रोजगार बनाउने गरी सीपमूलक तालिम दिन, ८ महिलालाई सीपमूलक तालिम प्रदान गर्न र अपाङ्गता भएका ६ जनालाई कृत्रिम हातखुट्टा वितरण गर्न उपयोग गरिने जानकारी दिइन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले महोत्सवको उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा अखिल भारतवर्षीय महेश्वरी महिला संगठनका पूर्वाञ्चल उपाध्यक्ष गिरिजा शारडालाई सम्मान गरिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.