सङ्खुवासभाको हेवाखोलामा तत्काल बेलिब्रिज निर्माण गर्न मन्त्रीसमक्ष माग

सङ्खुवासभाको हेवाखोलामा तत्काल बेलिब्रिज निर्माण गर्न मन्त्रीसमक्ष माग

खाँदवारी । पूर्वी पहाडी जिल्ला सङ्खुवासभामा गएको बाढीबाट क्षति पुगेको पुल चाँडो निर्माण गर्न माग गरिएको छ ।सङ्खुवासभाका प्रतिनिधिसभा सदस्य दीपक खड्का नेतृत्वको टोलीले आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई भेटेर यही असार २ गते आएको बाढीले हेवाखोला र पिलुवाखोलामा रहेका दुई वटा पक्की पुल बगाएको भन्दै उक्त पुल चाँडो निर्माण गर्न माग गरेको हो ।

भेटमा सांसद खड्काले बाढीले पक्की पुल बगाउँदा चैनपुर र पाँचखपनमा आवतजावतको समस्या भएको भन्दै चाँडो पुल निर्माणका लागि मन्त्री ज्वालाको ध्यानाकर्षण गर्नुभएको हो । “सङ्खुवासभामा आएको बाढीले पक्की पुल र झोलुङ्गे पुल बगाउनुका साथै १९ घर विस्थापित भएका छन्, पुल चाँडो निर्माण र विस्थापित जनतालाई चाँडो बासको व्यवस्था होस्”, उहाँले भन्नुभयो ।

उक्त बाढीपहिराले सङ्खुवासभाका १० वटा जलविद्युत् आयोजनामा समेत क्षति पुगेको थियो । भेटमा मन्त्री ज्वालाले सङ्खुवासभासहित पूर्वी पहाडी जिल्लामा बाढीपहिराले पु¥याएको क्षतिबारे सरकार जानकार रहेको उल्लेख गर्दै प्रभावित ठाउँमा चाँडो बेलिब्रिज निर्माण गरिने बताउनुभयो ।

“गृह, सहरी विकासलगायतका सम्बन्धित मन्त्रालयसँग सहकार्य गरेर प्रभावित ठाउँमा चाँडो बेलिब्रिज निर्माण गर्छौं, सरकारसँग ‘स्टक’ रहेको बेलिब्रिज प्रभावित ठाउँमा पठाउँछौँ”, उहाँले भन्नुभयो ।

सङ्खुवासभाको टोलीले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहरी विकासमन्त्री सीता गुरुङलगायतलाई भेटेर बेलिब्रिज निर्माण गर्न माग गरिसकेको छ । भेटमा पाँचखपन नगरपालिकाका प्रमुख विपिन राई, कांग्रेस नेता थीरबहादुर राई, दीपेन्द्रमान शाक्य, चित्रप्रसाद श्रेष्ठ, डम्बर बस्नेतलगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.