२० वर्ष पुराना सवारी साधन चलाए जफत गरिने

२० वर्ष पुराना सवारी साधन चलाए जफत गरिने

सरकारले २० वर्ष पुरानो सार्वजनिक सवारी साधन चलाउन बुधबारबाट निषेध गरेको छ ।

पुराना गाडी वातावरण प्रदूषण वृद्धि एवम् सडक दुर्घटनाको प्रमुख कारण बनेको भन्दै देशभरिबाटै हटाउन लागिएको हो। यातायात व्यवसायीले अटेर गरी २० वर्षे पुराना सवारी साधन सडकमा निकाले जफत गरिने यातायात व्यवस्था विभागले जनाएको छ ।

२० वर्ष नाघेका कालो नम्बर प्लेटका बस, मिनीबस, माइक्रोबस, ट्रक, ट्याक्सी र टेम्पो बुधबारदेखि स्वत: अवैधानिक भएका छन् ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *