ललिता निवास जग्गा हिनामिना प्रकरणमा बहालवाला सचिव राउत पक्राउ

ललिता निवास जग्गा हिनामिना प्रकरणमा बहालवाला सचिव राउत पक्राउ

काठमाडौं। ललिता निवास जग्गा हिनामिना प्रकरणमा बहालवाला सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन् । राउतलाई काठमाडौंबाट विराटनगर जाने क्रममा त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले जनाएको छ ।

भौतिक मन्त्रालयमा शाखा अधिकृत छँदा राउतले ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गराउन भूमिका खेलेको आरोप छ । यसअघि नक्कली भुटानी शरणार्थी प्रकरणमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई पक्राउ गरिएको थियो । उनी अहिले थुनामा छन् ।

 

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *