इसईई ग्रयाजुएसशन सेरेमोनी’उत्तिर्ण विद्यार्थीलाई एभरेष्टको सम्मान

इसईई ग्रयाजुएसशन सेरेमोनी’उत्तिर्ण विद्यार्थीलाई एभरेष्टको सम्मान

विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट स्कुलले एसईई परिक्षा उत्तिर्ण गर्ने विद्यार्थी र अभिभावकलाई सम्मान गरेको छ । एभरेष्ट कलेज परिसरमा आयोजित ‘इसईई ग्रयाजुएसशन सेरेमोनी’ को आयोजना गरि विद्यालयले विद्यार्थी र अभिभावकलाई सम्मान गरेको हो ।  यस विद्यालयबाट १६६ जना विद्यार्थीले एसईई परिक्षा दिएका थिए । ति मध्ये ७५ जनाले ३.६१ देखी माथि जीपीए ल्याएर उत्तिर्ण भए ।  ७० जनाले ३.२ देखि ३.६ जीपिए र २.८ देखि ३.२ सम्मको जीपिए ल्याएर २१ जना विद्यार्थी उत्तिर्ण भएको विद्यालयका सहप्राचार्य टीएन भण्डारीले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य टिकाराम पुरीले विद्यार्थीले सफलता प्राप्त गर्नुमा अभिभावकको समेत ठूलो योगदान रहेको भन्दै आभार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,‘यो एउटा नियमित प्रकृया हो, यद्यपी सरकारले दिएको मान्यता अनुसार भविष्यमा यो प्रमाणपत्र अनेक क्षेत्रमा आवश्यकता परिरहन्छ ।’ सरकारले कक्षा १२ सम्मलाई माध्यामिक तह निर्धारण गरेकाले कक्षा १० सम्मको अध्ययन पूरा भएपनि माध्यामिक तह उत्तिर्ण गर्न अझै २ वर्ष बाँकी रहेको प्रसङ्ग निकाल्दै उहाँले विद्यार्थीहरुलाई आफ्नो अन्तरनिहित उद्देश्य अनुरुपको शिक्षा रोज्न सुझाव दिनुभयो ।  विराटनगरमै अन्तर्राष्ट्रियस्तरको शैक्षिकसंस्था हुनुपर्छ, यहाँका उत्पादनले विश्व बजारमा सहजै प्रतिष्पर्धा गर्नसक्ने हुनुपर्छ भन्ने मान्यताका साथ एभरेष्ट अघि बढेको भन्दै सोहि अनुरुप विद्यालयको भौतिक संरचना निर्माण, मानवसंशाधनको विकास र सोहि अनुसारको शैक्षिक वातावरण बनाउँदै लगेको बताउनुभयो । कार्यक्रममा विद्यार्थीहरुलाई अबिर खादा र प्रशंशापत्रले सम्मान गरेको छ । कार्यक्रममा विद्यालयका अध्यक्ष विनोद ढकाल, कलेजका विभिन्न संकायका प्रमुख, शिक्षक तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.