महेश्वरी महिला मञ्च विराटनगरले सरकारी स्कुल सयपत्री आधारभूत विद्यालयका विद्यार्थीलाई स्टेसनरी वितरण

महेश्वरी महिला मञ्च विराटनगरले सरकारी स्कुल सयपत्री आधारभूत विद्यालयका विद्यार्थीलाई स्टेसनरी वितरण

विराटनगर । महेश्वरी महिला मञ्च विराटनगरले विराटनगर महानगरपालिका वडा नंं. १ स्थित सयपत्री आधारभूत विद्यालयका विद्यार्थीलाई स्टेसनरी लगायतका सामान वितरण गरेको छ ।
मञ्चले कुमारी बैंकसितको सहकार्यमा विद्यालयका ७० विद्यार्थीलाई विविध सामग्री वितरण गरेको हो । कार्यक्रममा महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विद्यार्थीलाई सामान प्रदान गर्दै वितरणको शुभारम्भ गरेका थिए ।

कार्यक्रम संयोजिका लीला काबराका अनुसार विद्यार्थीलाई स्कुल ब्याग, स्टेसनरीका सामान, पानीको बोतल, जुस र खाजाका सामग्री वितरण गरिएको थियो । कार्यक्रममा मेयर कोइराला तथा महेश्वरी महिला मञ्चको विराटनगरका अध्यक्ष पूनम राठी, कुमारी बैंक कोशी प्रदेशका प्रमुख मनीष श्रेष्ठ र वडाध्यक्ष काजी बस्नेतले मन्तव्य व्यक्त गरे ।
कार्यक्रममा समाजसेवी चम्पालाल राठी, महेश्वरी समाज विराटनगरका अध्यक्ष आनन्द मारु, मारवाडी महिला मञ्च विराटनगरका अध्यक्ष अमिता पेडिवाल, नेपाल राष्ट्रिय मारवाडी महिला संगठनका पूर्व अध्यक्ष रचना राठी लगायतको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.