एसईई नतिजा: २२ हजार ४७५ विद्यार्थीले ल्याए ए प्लस जीपीए

एसईई नतिजा: २२ हजार ४७५ विद्यार्थीले ल्याए ए प्लस जीपीए

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको यस वर्षको नतिजा सन्तोषजनक रहेको पाइएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्षको एसईई नतिजा सन्तोषजनक भएको पाइएको हो । तर पठनपाठनको गुणस्तरमा भने अझै पनि कमजोरी रहेको शिक्षाविद् बताउँछन् ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष एसईई परीक्षामा ३।६ देखि ४ जीपीएल ल्याउनेको संख्या २२ हजार ४७५ रहेको छ । जुन कुल परीक्षार्थीको २।९ प्रतिशत रहेको बोर्डले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

त्यस्तै ३।२ देखि ३।६ जीपीए ल्याउनेको संख्या ५५ हजार ६९ र २।८ देखि ३।२ जीपीए ल्याउनेको संख्या ७२ हजार ३६२, २।४ देखि २। ८ जीपीए ल्याउनेको संख्या ८९ हजार ३३१ जना रहेको छ ।

सबैभन्दा धेरै २ देखि २।४ जीपीए ल्याउने विद्यार्थी छन् । उनीहरुको संख्या १ लाख २ हजार २९३ छ । यस वर्षको एसईईमा ४ लाख ८४ हजार ९३९ जना परीक्षार्थी सहभागी भएका थिए ।

एसईईमा १।६ देखि २।० जीपीए ल्याउनेको संख्या ८८ हजार ४४७, १।२० देखि १।६० जीपीए ल्याउने ३८ हजार ७७० र ०।८० देखि १।२० जीपीए ल्याउनेको संख्या २ हजार २०० रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.