आजको राष्ट्रियसभा बैठकमा पनि एमालेले अवरोध जारी राख्ने

आजको राष्ट्रियसभा बैठकमा पनि एमालेले अवरोध जारी राख्ने

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज पनि बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी बोलाइएको छ ।  हिजो दिउँसो २ बजेर ३१ मिनेटमा बोलाइएको बैठक प्रमुख प्रतिपक्ष एमाले लगायतका दलले अवरुद्ध गरेपछि आधा घण्टाका लागि स्थगित भएको थियो ।

एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिनअघि दिएको अभिव्यक्तिले सार्वभौम संसदको अपमान भएकाले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने अडान राख्दै विरोध जारी राखेपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक स्थगित गरेका थिए ।

त्यसपछि ४ बजेर ४६ मिनेटमा बस्ने गरी बोलाइएको बैठक पनि सञ्चालन हुन नसकेपछि बैठक आजका लागि बोलाइएको हो ।आफूलाई प्रधानमन्त्री बनाउनका लागि प्रितम सिंह पटकपटक दिल्ली गएको प्रचण्डको भनाइको एमालेले चर्को विरोध गरेको छ ।एमालेले प्रधानमन्त्री प्रचण्डले राजीनामा नगरेसम्म संसद बैठक चल्न नदिने संसदीय दलबाटै निर्णय गरेकाले आजको बैठक सहज रुपमा सञ्चालन हुनेमा आशंका रहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.