ट्रापिक व्यवस्थापनका लागि जनचेतनामूलक कार्यक्रम आवश्यक: मुख्यमन्त्री कार्की

ट्रापिक व्यवस्थापनका लागि जनचेतनामूलक कार्यक्रम आवश्यक: मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि प्रभावकारी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभएको छ ।

मंगलवारदेखि कोशी प्रदेशमा सुरु भएको ट्राफिक सप्ताह २०८० को उद्घाटन कार्यक्रममा उहाँले बर्सेनि हुने सडक दुर्घटनाका कारण मुलुकले ठूलो मानवीय र भौतिक क्षति व्यहोर्नुपरेको दृष्टान्त प्रस्तुत गर्नुभयो । उहाँले भन्नुभयो, ‘यातायात व्यवसायी, सवारी चालक, ट्राफिक प्रहरी, नेपाल प्रहरीलगायतका सरोकारवाला क्षेत्रबीच आपसी सहकार्य गरी काम गर्नसकेमा दुर्घटना कारण वर्सेनि हुने मानवीय र भौतिक क्षति रोक्न सकिन्छ ।’

मुख्यमन्त्री कार्कीले सडक दुर्घटना न्यूनीकरण गर्न आवश्यक पर्ने सबै खालको व्यवस्थापकीय कार्यका लागि सहकार्य गर्न प्रदेश सरकार तयार रहेको भन्दै सङ्घीय कानुनको अभावमा प्रदेश सरकार आफैँले गर्नुपर्ने कतिपय कार्य पनि गर्न नसकेको जानकारी दिनुभयो ।

अघिल्ला वर्षहरूको तुलनामा चालु वर्षमा कोशी प्रदेशमा ट्राफिक व्यवस्थापनमा सुधार आएको दाबी गर्दै उहाँले भन्नुभयो, ‘आगामी वर्षमा थप सुधार हुने गरी काम गर्नुपर्छ ।’ मुख्यमन्त्री कार्की आजै आरआरएन नामक एक गैरसरकारी संस्थाबाट सञ्चालित जलवायुजन्य विपद् जोखिमप्रति समुदायको उत्थानसील सुदृढीकरण परियोजनाको उद्घाटन गर्दै कोशी प्रदेशमा ३८ भन्दा बढी किसिमका प्रकोपको जोखिम रहेको अवगत गराउनुभयो ।

जलवायुजन्य विपद्अन्तर्गत बाढी र पहिरोको जोखिम बढीरहेको बताउँदै पछिल्लो अवस्थामा जङ्गली जनवारको आक्रमणको जोखिम पनि बढ्दो क्रममा रहेको स्पष्ट पार्नुभयो । उहाँले विपद् जोखिम न्यूनीकरणका लागि सरोकारवाला निकायले पूर्वतयारीमा बढी जोड दिनुपर्ने सुझाव दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.