प्रेस चौतारी कोशी प्रदेशले ध्यानाकर्षण पत्र बुझायो, खबरदारी र संघर्षबाटै सबै सक्रिय पत्रकारहरुको हकहितका लागि चौतारी पछि नहट्ने

प्रेस चौतारी कोशी प्रदेशले ध्यानाकर्षण पत्र बुझायो, खबरदारी र संघर्षबाटै सबै सक्रिय पत्रकारहरुको हकहितका लागि चौतारी पछि नहट्ने

राम चौधरी, बिराटनगर । प्रेश चौतारी नेपाल कोशी प्रदे्शले सदस्यता शुद्धिकरण र नयां सदस्य बितरणको १५ बुन्दे मापदण्डलाई पालना गर्न नेपाल पत्रकार महासंघ कोशी प्रदेशको ध्यानाकर्षण गराएको छ ।
आज बिराटनगर स्थित नेपाल पत्रकार महासंघ कोशी प्रदेशको कार्यालयमा महासंघको अध्यक्ष लिलाबल्भव घिमिरेलाई चौतारी प्रदेश अध्यक्ष अबिजाल बिष्टले ध्यानाकर्षण ज्ञापन पत्र बुझाएका हुन । चौतारी नेपाल कोशी प्रदेशका अध्यक्ष अबिजाल बिष्ट ध्यानाकर्षण पत्र बुझाउदै यदि हाम्रो संगठनले उठाएका सबै पत्रकाहरुको न्यायोचित जायज मागहरु प्रति बेवस्था गरिएमा संगठनले जस्तो सुकै संघर्षका चरणबद्ध कार्यक्रमहरु पनि ल्याउन बाध्य हुनेछ । महासंघसंग दुरी बढने छ संस्थागत हितको लागि ब्यक्तिगत लेनदेनको बाहान हुनु हुदैन तर महासंघ केन्द्रले निर्दिष्ठ गरेका १५ बुन्दे मापदण्डमा रहेर छलफल, सम्बाद, निकासका लागि हाम्रो संगठन सधै तत्पर रहेको अध्यक्ष बिष्टले अबगत गराएका छन् ।
नेपाल पत्रकार महासंघ केन्द्रले गरेको सर्कुलर अनुसार सदस्यता शुद्धिकरण र नयां सदस्य बितरणको १५ बुन्दे मापदण्डलाई पालना गर्न गराउन नेपाल पत्रकार महासंघ कोशी प्रदेश संग सहकार्य र सहयोग गर्न सधै तयार रहेको बिज्ञप्तीमा उल्लेख छ । प्रेश चौतारी नेपाल कोशी प्रदेश शुद्धि

करण र नयाँ सदस्य बितरण मापदण्ड अनुसारको मुलमर्म र उद्धेश्य पुरा गराउन महासंघ संग हातोमालो गर्न तयार रहेको तर कुनै संगठन वा बहुमतको आधारमा गैर पत्रकारहरुलाई सदस्य दिने, महासंघका सदस्यहरुमा उस्तै प्रकृति र काम गर्ने कार्यालय भएकाहरुलाई शुद्धिकरणका नाममा एकलैटी कसैको नबिकरण हुने, कसैको नयाँ सदस्यता बितरण गर्ने र कसैको शुद्धिकरणमा राख्ने जुन निणर्य भएर पठाईएका छन् त्यस तर्फ सचेत हुनु पर्ने फिल्डमै नदेखिएका तर कागजी डकुमेन्ट मिलाएर नयाँ सदस्यहरुमा सिफारिस गर्ने, सरकारको सेवा सुबिधा खाएका तर उही प्रकृतिका सदस्यहरु बिच बिबेदकारी अन्याय गर्ने आदि जस्ता कृयाकलापहरु भएको देखिएको हुनाले त्यस्ता निणर्यलाई सदर नगर्न प्रेस चौतारी नेपाल कोशी प्रदेशले आवाज उठाएको छ । साथै महासंघलाई सचेत र सजग हुन पनि अनुरोध गरिएको अध्यक्ष बिष्टले जानकारी गराएका छन् ।

सुनसरी, झापा, तेह्रथुम, संखुवासभा र पांचथर नेपाल पत्रकार महासंघ जिल्ला शाखाहरुमा आस्थाका आधारमा त्यही रहेका पत्रकारहरुको बिभिन्न संगठनहरुसंग ब्यापक छलफल समेत नभएको गुनासाहरु, बिबादहरु आईरहेको छ । नेपाल पत्रकार महासंघ कोशी प्रदेशले जिल्ला स्थित सबै पत्रकारहरुको संघसंगठनहरु संग पुनः छलफल र समन्वय गर्न गराउनको लागि सबैको उचित र न्यायोचित निकासका लागि पनि पहल गर्न हाम्रो संगठन अनुरोध गर्दछ ज्ञापन पत्रमा भनिएको छ ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखाहरुले नबिकारण र शुद्धिकरणका लागि उजुरी दिने प्रकियालाई गोप्य र बिश्वासनिय राख्नु पर्ने प्रकिया हो तर उसले तेरो नाममा उजुरी गरयो अर्कोले गरयो भन्ने जुन सुचना बाहिर आईरहदा त्यो उजुरी चुहावट भैरहेको छ यसले साथीहरु बिच अन्तरद्धन्द्ध सृजना गर्दछ । यस कुरामा पनि महासंघ पदाधिकारीहरु नै जिम्मेबारी हुनु हुन्छ । तपाईहरु बिना कसरी यस्ता कुरा बाहिर आयो तसर्थ यसबाट समस्या सुजना भएमा जवाफदेहिता हुनको लागि महासंघ प्रदेश पदाधिकारी दोषि देखिएका छन् ।
महासंघका अध्यक्ष लिलाबल्भव घिमिरेले समस्याको समाधान गर्न चौतारीले दिएका यो ज्ञापन पत्रले महासंघ झन सहज हुने बताएका छन् । सहकार्य गरी अघिबढ्ने र सहमतिमा जान सकिने बताए । यसै गरी महासंघका महासचिब बिवेक गौतमले सतप्रतिशत मापदण्ड पुरा गर्दा महासंघ नै रितिने भएको हुदा नरमकरम तर्फ लाग्नु पर्ने बताएका छन् । अहिले सम्म महासंघले गरेका गतिबिधीबारे महासचिब गौतमले चौतारी मण्डललाई जानकारी गराए ।
ध्यानार्कषण ज्ञापन पत्र बुझाउने कार्यक्रममा चौतारीको प्रतिनिधीत्व रुपमा धनकुटा जिल्ला शाखाका अध्यक्ष रबिन कटटेल, मोरगं जिल्ला शाखाका अध्यक्ष सुदिप कौइराला, पुर्ब अध्यक्ष तथा अग्रज पत्रकार माधब अधिकारी लगायतको समुहले ज्ञापन पत्र बुझाएको छ । प्रदेस सदस्य सन्तोष सिग्देलले ध्यानाकर्षण पत्र बाचन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.