आयल निगमका पूर्वकार्यकारी निर्देशक खड्का भ्रष्टाचार मुद्दामा दोषी ठहर, १५ महिना कैद

आयल निगमका पूर्वकार्यकारी निर्देशक खड्का भ्रष्टाचार मुद्दामा दोषी ठहर, १५ महिना कैद

काठमाडौं । विशेष अदालतले नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई अकुत सम्पत्ति आर्जनमा दोषी ठहर गरेको छ । आज विशेष अदालतको तीन सदस्यीय इजलासले उनलाई दोषी ठहर्‍याउँदै सजाय सुनाएको हो । खड्कालाई १ वर्ष तीन महिना कैद सजाय र १८ करोड रुपैयाँभन्दा बढी बिगो र जरिवाना तोकिएको छ । साथै उनको नाममा भएको सबै सम्पत्ति जफत हुनेछ भने श्रीमतीको नाममा भएका दुईवटा जग्गा जफत गर्न विशेष अदालतले आदेश दिएको छ ।

न्यायाधीशत्रय श्रीकान्त पौडेल, शालिकराम कोइराला र खुशीप्रसाद थारुको इजलासले फैसला सुनाएको हो । फैसलामा ९ करोड १९ लाख ६ हजार ६३४ रुपैयाँ जरिवाना र सोही बराबर बिगो तोकिएको छ ।

खड्काले गैरकानूनी रुपमा १८ करोड रुपैयाँभन्दा बढी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ साल पुस १३ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । २०६९ चैत २ देखि निगमको कार्यकारी निर्देशक रहेका खड्काले पदमा बहाल रहँदा २७ करोड ३० लाख ७५ हजार ३८० रुपैयाँ खर्च तथा लगानी गरेको र उक्त लगानीमा ८ करोड ६४ लाख ६९ हजार ७५१ रुपैयाँको मात्र स्रोत खुलेको अख्तियारले जनाएको थियो ।

अख्तियारका अनुसार खड्काले पदमा बहाल रहँदा ४० लाख ५७ हजार १५५ पारिश्रमिक, जग्गा बिक्रीवापत ५८ लाख ७५ हजार, ऋण सापटीको ५ करोड ३३ लाख ३६ हजार, घरभाडावापतको १३ लाख ५६ हजार, जागिरबाट अवकाश हुँदा प्राप्त गरेको २९ लाख २२ हजार, पेन्सनवापत प्राप्त १४ लाख ७८ हजार, विप्रेषण आयबाट प्राप्त ८ लाख २६ हजार, गाडी बिक्रीवापतको ३५ लाख, छोराबुहारीको पारिश्रमिकबाट ११ लाख ४ हजार गरी ७ करोड ४४ लाख ५६ हजार २५२ रुपैयाँ वैध आम्दानी गरेका थिए ।

उनले पुर्ख्यौली घरबाहेक ३ वटा घर निर्माण तथा खरिद गरेको, २ वटा घर खरिदका लागि आंशिक भुक्तानी दिएको तथा काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेका विभिन्न स्थानमा ११ कित्ता जग्गा खरिद गरेको अख्तियारले जनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.