राजनीतिक आडमा ठगी गर्ने जुठे राउत पक्राउ

राजनीतिक आडमा ठगी गर्ने जुठे राउत पक्राउ

काठमाडौं । विभिन्न व्यक्तिहरूलाई क्यानडा पठाउँछु भन्दै ठगी गरेको आरोपमा जुठे राउतलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।

रोजगारीको सिलसिलामा क्यानडा पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिहरूलाई प्रलोभनमा पारी करोडौँ रकम ठगी गरेको अभियोग पीडितहरूले वैदेशिक रोजगार विभागमा उजुरी गरेका थिए ।

सोही उजुरीको आधारमा विभागले ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं ०८ घरभई काठमाडौँ शान्तिटोल बस्ने ३७ वर्षीय जुठे राउतलाई पक्राउ गरी उपस्थित गराउन प्रहरीलाई पत्राचार गरेको थियो । सोही आधारमा पक्राउ परेका राउत अहिले प्रहरी वृत्त बानेश्वरको हिरासतमा छन् ।

पक्राउ परेका राउतलाई अदालतबाट म्यादथप गरी वैदेशिक रोजगार विभागले अनुसन्धान गरिरहेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुख्य अभियुक्तको रुपमा रहेका टोपबहादुर रायमाझीसँग राउतको बाक्लो हिमचिम भएको साथै उनको संरक्षणकै कारण ठग्दै हिड्ने गरेको पीडितहरूको अरोप छ ।

पीडितहरूलाई रायमाझीसँग विभिन्न समयमा विभिन्न ठाउँमा खिचेका फोटोहरू देखाएर राउतले आफ्नो राजनीतिक पहुँच भएको हुनाले विदेश पठाउनको लागि कुनै समस्या नहुने बिताउदै विश्वास दिलाउने गरेका थिए ।

त्यस्तै पीडितमध्येका एक हुन् पोखराका बसन्त रानाभाट । उनलाई सुरुमा अमेरिका पठाइदिन्छु भन्दै राउतले रकम लिएका थिए । अमेरिकाको सपना देखाएर बसन्तसँग मात्रै १० लाख रुपैयाँसम्म ठगी गरेका जुठे राउतले अमेरिका पठाउन केही समय लाग्ने भन्दै सुरुमा क्यानडा जानुपर्ने बताएका थिए । नक्कली भुटानी शरणार्थी बनेर अमेरिका जान रानाभाट मञ्जुर नभएपछि क्यानाडा पठाउने आश्वासन दिएर जुठेले उनीसँग रकम असुलेका थिए ।

क्यानडा पठाउँछु भनेको लामो समय बितिसके पनि उनले पठाउने कुनै प्रक्रिया अपनाएका थिएनन् । विभिन्न राजनीतिक नेताहरूको शक्तिका आडमा राउतले वैदेशिक रोजगारीमा पठाउने भन्दै रकम ठगी गर्ने गरेका थिए ।

राउतको विरुद्धमा उजुरी दिन अहिले पीडितहरू वैदेशिक रोगजार विभागको कार्यालयमा आउन थालेका छन् । यसरी विदेश पठाउने नाममा ठगी गर्ने गरेको समाचार सुनेपछि पीडितहरू वैदेशिक रोजगार विभागमा उजुरी दिन आएका हुन् । – क्ष्ल्क्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.