महिला मञ्च र महिला उद्यमको आयोजनामा योग शिविर सम्पन्न

महिला मञ्च र महिला उद्यमको आयोजनामा योग शिविर सम्पन्न

अंकित बिष्ट, बिराटनगर । माहेश्वरी महिला मञ्च विराटनगर र मोरङ व्यापार संघको महिला उद्यम समितिको संयुक्त आयोजनामा त्रिदिवसीय निःशुल्क योग शिविर सम्पन्न भएको छ ।
दुबै संस्थाले अन्तर्राष्ट्रिय योग दिवसका उपलक्ष्यमा निःशुल्क योग शिविरको आयोजना गरेका हुन् ।
व्यापार संघको सभाकक्षमा भएको शिविरमा न्याचुरोपेथिस्ट डा. हिमांशु देवले योगासन, प्राणायाम र ध्यानको अभ्यास गराएका थिए । उक्त अवसरमा डा. देवले न्याचुरोप्याथीको उपचारका बारेमा पनि प्रकाश पारेका छन् ।
मञ्चका अध्यक्ष पूनम राठीका अनुसार शिविरमा मञ्चका पूर्व अध्यक्षद्वय सन्तोष बाहेती र रीता महेश्वरी, रोटरी डाउन टाउनका पूर्व अध्यक्ष दीप्ति तोदी, डाउन टाउनकै कमिङ प्रेसिडेन्ट कुसुम चैनवाला लगायत ५० जनाको नियमित सहभागिता थियो ।
माहेश्वरी महिला मञ्च विराटनगरकै आयोजनामा यसअघि न्याचुरोपेथिस्ट डा. देवसित अन्तरक्रिया सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.