बाढीपीडितलाई कोशी प्रदेश सरकारले पठायो राहत

बाढीपीडितलाई कोशी प्रदेश सरकारले पठायो राहत

विराटनगर । पूर्वी पहाडी जिल्ला ताप्लेजुङ र पाँचथरमा बाढी र पहिरामा परी मृत्यु भएका मृतकका परिवारले पाउने गरी कोशी प्रदेश सरकारले प्रति मृतक रु एक लाखका दरले राहत रकम पठाएको छ ।
पाँचथरमा मृतक जुना साउदेन, हेमराज भत्रे सञ्जोग लिम्बू र एलिषा माझी तथा ताप्लेजुङमा मृतक गणेश तामाङ, सुरेश राई र केशर राईको नजिकको हकवालाले पाउने गरी राहत रकम पठाइएको छ ।
सम्बन्धित जिल्ला प्रशासन कार्यालयले तोकेको कोष तथा लेखा नियन्त्रण कार्यालयको खातामा पुग्ने गरी उक्त राहत रकम बिहीबार कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले पठाएको हो । सोमबार बसेको कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रतिमृतक रु एक लाखका दरले मृतकको परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको थियो ।
त्यसैगरी, बिहीबार नै बाढी पहिरामा परी क्षतिग्रस्त भएका सङ्खुवासभाका १७ वटा घर पुनः निर्माणका लागि राहतस्वरूप रु सात लाख ७० हजार पठाइएको छ । जसमा पूर्ण क्षति भएका १३ वटा घर पुनः निर्माणका लागि प्रतिघर रु ५० हजारका दरले र आंशिक क्षति भएका चारवटा घर पुनः निर्माणका लागि रु ३० हजारका दरले राहत रकम पठाइएको हो ।
सो रकम पनि जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले तोकेको कोष तथा लेखा नियन्त्रण कार्यालयको खातामा पठाइएको कुरा मुख्यमन्त्री हिक्मतकुमार कार्कीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.