भलिबल : नेपाल तुर्किमिनिस्तानसँग पराजित

भलिबल : नेपाल तुर्किमिनिस्तानसँग पराजित

काठमाडौं । किर्गिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा)  पुरुष भलिबल नेसन्स लिगमा नेपाल तुर्किमिनिस्तानसँग पराजित भएको छ ।

किर्गिस्तानको बिस्केकस्थित स्पोर्ट्स एन्ड रिक्रिएसन कम्प्लेक्समा आज भएको खेलमा तुर्किमिनिस्तानले नेपाललाई ३–१ को सेटमा पराजित गरेको हो । तुर्किमिनिस्तानले खेलको पहिले सेट २५–१८ ले आफ्नो पक्षमा पा¥यो । त्यसपछि नेपालले खेलको दोस्रो सेट २६–२३ ले जित्यो तर त्यसपछिको सबै सेट तुर्किमिनिस्तानले आफ्नो पक्षमा पा¥यो । तुर्किमिनिस्तानले खेलको तेस्रो सेट २६–२४ ले जित्यो भने खेलको चौथो सेट २५–२० सहित विजयी भयो ।

जारी प्रतियोगितामा नेपालको यो लगातार चौथो हार हो । यसअघि नेपालले पहिलो खेलमा मङ्गोलिया, दोस्रो खेलमा आयोजक किर्गिस्तानको ए टोली र तेस्रो खेलमा इरानसँग पराजित भएको थियो । अब नेपालले आफ्नो पाँचौँ खेलमा किर्गिस्तानको ‘बी’ टोलीसँग भोलि खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.