कोशीबाहेकको बजेट पास नगर्न र सशक्त विरोध गर्न पार्टीका सांसदलाई ओलीको निर्देशन

कोशीबाहेकको बजेट पास नगर्न र सशक्त विरोध गर्न पार्टीका सांसदलाई ओलीको निर्देशन

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशको बजेट सरकार सञ्चालन, भौतिक पूर्वाधार विकास र सामाजिक सेवाभन्दा सरकारमा रहेका मानिसहरूको स्वार्थमा प्रेरित बनाएर बजेट आएको दाबी गर्नु भएको छ । आइतवार सातै प्रदेशका नेकपा (एमाले)बाट निर्वाचित प्रदेश सभा सांदहरूसँग भर्चुअल बैठकलाई सम्बोधन गर्दै बजेट विनियोजन पैत्रिक सम्पत्ति जस्तो गरी मुख्यमन्त्री, अर्थमन्त्रीहरूको निर्वाचन क्षेत्रमा केन्द्रित गरेर बजेटको दुरुपयोग गर्नु आपत्तिजनक भएको बताउनु भयो।

अध्यक्ष ओलीले भन्नुभयो , ‘बजेटका गलत कुराहरू सच्याउन बाध्य पार्ने गरी सशक्त विरोध गर्नुस् । बजेट छलफलमा भाग लिँदा विरोधका लागि विरोध नभई देशलाई नकारात्मक असर पार्ने कुराहरूलाई परिवर्तन गर्ने गरी उठाउनुपर्छ। हाम्रो पार्टी प्रतिपक्षमा रहेको अवस्थामा पनि सही बजेट ल्याउनका लागि सहयोग गर्नुपर्छ ।’

उहाँले सातै प्रदेशको प्रस्तुति सुन्दा कोशी प्रदेशबाहेक बजेट यथास्थितिमा पास गर्न लायक नरहेको जिकिर पनि गर्नु भयो । अध्यक्ष ओलीले कोशी प्रदेश नामाकरणको बिषयमा प्रदेश सभाको दुईतिहाईले विधिवत ढङ्गले निर्णय गरेको निर्णयलाई लिएर झमेला निकाल्न खोजिएको जनाउनु भयो ।

कोशी सभ्यतासँग जोडिएको र यसले त्यस प्रदेशलाई सम्पूर्णरूपमा समेट्ने उहाँको भनाइ छ । । संवैधानिक प्रक्रियाभन्दा बाहिर गएर अनुचित ढङ्गले नाम परिवर्तन नहुने र साम्प्रदायिक, हिंसात्मक र अराजक गतिविधि एमालेलाई स्वीकार्य नहुने पनि ओलीले जनाउनु भयो । कोशी प्रदेश सरकारमा देखिएको समस्या समाधान गरिने र नेकपा ९एमाले० नेतृत्वको सरकार कायम रहने कुरामा अध्यक्ष ओलीको जोड थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.