किसानले कालीमाटीस्थित सडकमा गोलभेँडा फाले

किसानले कालीमाटीस्थित सडकमा गोलभेँडा फाले

काठमाडौं । मूल्य नपाएको भन्दै काठमाण्डौको मुख्य तरकारी बजार कालीमाटीमा गोलभेँडा सडकमा फालिएको छ । कालीमाटी बजारका व्यापारी र किसानले गोलभेँडा फालेका हुन् ।

गोलभेँडाको मूल्य नपाएको भन्दै व्यापारी र किसानले विरोध गर्दै गोलभेँडा सडकमा मिल्काएका थोक व्यापारी भगवानचन्द्र उप्रेतीले बताउनुभयो । भारतीय गोलभेँडा आयात हुँदा स्वदेशी उत्पादनले मूल्य नपाएको किसानको गुनासो छ।

सडकमा फालिएको गोलभेँडा हटाउन बिहान एक्स्काभेटरको प्रयोग गरिएको थियो । अहिले कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले किसान र व्यापारीसँग छलफल गरिरहेको छ ।

समितिका अनुसार कालीमाटी बजारमा अहिले सानो गोलभेँडा किलोको ६ देखि १० रुपैयाँ थोक मूल्य छ। यस्तै, भारतीय ठूलो गोलभेँडा भने किलोको ४० देखि ५० रुपैयाँ थोक मूल्य रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.