कोशी प्रदेशको बजेट सार्वजनिक, ३६ अर्व २४ करोड ३५ लाख १० हजार रुपैयाँ विनियोजन

कोशी प्रदेशको बजेट सार्वजनिक, ३६ अर्व २४ करोड ३५ लाख १० हजार रुपैयाँ विनियोजन

विराटनगर । कोशी प्रदेश सरकारले अध्यादेश मार्फत आगामी आर्थिक वर्ष २०८०र८१ क लागि ३६ अर्ब २४ करोड ३५ लाख १० हजार बजेट सार्वजनिक गरेको छ । बिहीबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेश मार्फत बजेट प्रस्तुत गरेका हुन् ।

जसमा चालूतर्फ १४ अर्ब ३९ करोड ६२ लाख ६६ हजार र पूँजीगततर्फ १८ अर्ब २३ करोड ५२ लाख र वित्तीय व्यवस्थातर्फ १ करोड र स्थानीत तहमा वित्तीय हस्तान्तरण ३ अर्ब ६० करोड २९ लाख ९२ हजार बजेट छुट्याइएको छ ।

स्रोत तर्फ राजस्व ४ अरेब ५७ करोड ७८ लाख ५० हजार, राजस्व बाँडफाँडबाट ११ अर्ब ६४ करोड ८१ लाख, वित्झसमानीकरण अनुदानबाट ८ अर्ब ७८ करोड ३८ लाख, सशर्त अनुदान ५ अर्ब ८४ करोड ३२ लाख, समपुरक अनुदान ७३ करोड, विशेष अनुदान ७६ करोड र बाँकी अपुग रकममा वचतबाट ३ अर्ब ७५ करोड १ लाख र वैदेशिक अनुदानबाट १५ करोड ४ लाख ६० हजार रहेको छ ।

कोशी प्रदेश सरकारले उद्योग क्षेत्रमा ४३ करोड २३ लाख बजेट विनियोजन गरेको छ । यस्तै सडक पूर्वाधार विकासका लागि सरकारले ११ अर्ब ४१ करोड विनियोजन भएको छ । खानेपानी, सिंचाई तथा उर्जा क्षेत्रकोलागि ५ अर्ब ४३ करोड, स्वास्थ्य क्षेत्रमा ३ अर्ब ७ करोड विनियोजन भएको छ । यस्तै शिक्षा र सामाजिक क्षेत्रमा १ अर्ब ७९ करोड बजेट छुट्टयाइएको छ ।

वन तथा वातावरण क्षेत्रमा १ अर्ब ८१ करोड, सुशासनतर्फ ९७ करोड बजेट विनियोजन भएको छ । कोशी प्रदेशसभा सदस्य पूर्वाधारका लागि १ अर्ब ५० करोड बजेट विनियोजन । चालू बजेट ८५ प्रतिशत खर्च हुने अनुमान कोशी प्रदेश सरकारले चालू आर्थिक वर्षमा ८५ प्रतिशत बजेट खर्च हुने अनुमान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.