एसिया कपकाे मिति र ठाउँ टुङ्गाे लाग्याे, पाकिस्तानमा जम्मा ४ वटा खेल हुने

एसिया कपकाे मिति र ठाउँ टुङ्गाे लाग्याे, पाकिस्तानमा जम्मा ४ वटा खेल हुने

काठमाण्डाै – एसिया कप २०२३ पाकिस्तान र श्रीलङ्कामा हुने पक्का भएकाे छ । एसिया कप आउँदाे अगस्ट ३१ देखि सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलङ्कामा हुने एसियन क्रिकेट काउन्सिल (एसीसी) ले आज बिहीवार जानकारी दिएकाे छ ।

एकदिवसीय फर्म्याटमा हुने एसिया कप यस पटक हाइब्रिड माेडलमा हुन लागेकाे हाे । जसअन्तर्गत प्रतियाेगिताका चार खेल पाकिस्तान र बाँकी नाै खेल श्रीलङ्कामा हुनेछ । भारतले पाकिस्तान जान नमानेपछि प्रतियाेगिता दुई ठाउँमा खेलाइने भएकाे हाे ।

समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन् । यस्तै समूह ‘बी’ श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् । नेपालले अघिल्लो महिना घरेलु मैदानमा एसीसी प्रिमियर कपको फाइनलमा यूएईलाई हराउँदै एसिया कपमा स्थान बनाएको थियो ।

नेपालले समूह चरणमा भारत र पाकिस्तानसँग खेल्नेछ । नेपालले पाकिस्तानसँगकाे खेल पाकिस्तानमै खेल्नेछ ।

समूहका शीर्ष २ ले ‘सुपर फोर’ मा ठाउँ बनाउनेछन् । ‘सुपर फोर’ बाट शीर्ष २ टाेली फाइनलमा पुग्नेछन् ।

यसअघि भारत र पाकिस्तानकाे आन्तरिक राजनीतिक विवादका कारण एसिया कप हुने वा नहुनेमा अन्याेल थियाे । यही कारण अहिलेसम्म प्रतियाेगिताकाे ठाउँ र तालिका सार्वजनिक भएकाे थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.