सहकारीबाट ठगिएकाहरु एक हुँदै, काठमाडौंमा विरोध प्रदर्शन

सहकारीबाट ठगिएकाहरु एक हुँदै, काठमाडौंमा विरोध प्रदर्शन

काठमाडौं । सहकारी पीडित वचतकर्ता महासंघ संघर्ष समितिले वचत फिर्ताको माग राख्दै काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।सहकारीबाट ठगिएका पीडितहरु एक हुँदै सहकारीमा राखेको वचत सरकारले फिर्ता गरिदिनुपर्ने माग राख्दै शनिबार काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन् । सहकारी वचतकर्ता पीडितहरुले सहकारीहरुले फिर्ता नगरेको सर्वसाधारणको वचत रकम फिर्ताको लागि स्थानीय तहदेखि केन्द्र सरकारसम्म याचना गर्दा पनि सुनुवाइ नभएको बताए ।

संघर्ष समिति अध्यक्ष सुनितासिंह राजभण्डारीले सहकारीको वचत फिर्ताको लागि राज्यका सबै निकाय धाउँदा कतै पनि सुनुवाइ नभएपछि संयुक्त रुपमा पीडितहरु सडक आन्दोलनमा आएको बताइन् ।उनले सहकारीहरुलाई नियन्त्रण गर्ने एउटा मात्रै निकाय बनाउनुपर्ने र सहकारीहरुलाई आफैंले नीति नियम बनाउन बन्द गर्नुपर्ने माग गरिन् । सहकारीमा वचत गरेको लाखौं रुपैयाँ सहकारीले खाएर भागेपछि पीडितले न्याय सडक आन्दोलनमार्फत माग्न बाध्य भएको उनको भनाइ छ ।

अध्यक्ष राजभण्डारीले काठमाडौं महानगरपालिका, वडा कार्यालय र प्रदेश सरकारसम्म न्याय माग्न जाँदा सुनुवाइ कतैबाट पनि नभएको गुनासो गरिन् ।अहिले १०० भन्दा बढी सहकारीमार्फत ठगिएका वचतकर्ताहरु एक ठाउँमा रहेको उनको भनाइ छ । सहकारीमा बाटोमा दिनभर मकै पोल्ने, भारी बोकेर वचत गर्नेहरुको रकम फसेको अध्यक्ष राजभण्डारीको भनाइ छ ।पीडितहरुले सडकमा रगत पसिनाले कमाएको पैसा फिर्ता गर, वचतकर्ता रकम अविलम्व फिर्ता गर, सहकारी सञ्चालकको सम्पत्ति तत्काल रोक्का गर, सहकारीहरुलाई राष्ट्र बैंकको निगरानीमा राख्ने व्यवस्था गर लगायतको माग राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.