काठमाडौं । प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले लामो पहलपछि फेसबूक ह्याकरबाट मुक्त भएको जनाउनु भएको छ । सामाजिक सञ्जाल फेसबूकमा स्टाटस लेख्दै उहाँले सो कुरा बताउनु भएको हो । उहाँले फेसबूक ह्याक गरेर मेसेन्जरबाट कल आएको र पैसा मागिएको कुरा शुभेच्छुकहरुबाट थाहा पाएको जनाउनु भएको छ । उहाँले फेसबूक दुरुपयोगको हर्कत गर्नेलाई कारवाहीका लागि खोजी कार्य जारी रहेको पनि जानकारी गराउनु भएको छ ।

बस्नेत फेसबुकमा स्टाटस लेख्नु हुन्छ, ‘लामो पहलपछि मेरो फेसबूक ह्याकरबाट मुक्त भएको छ । प्राविधिक सहयोगमा जुट्ने भाई शिखरसहित लाई धन्यवाद । मेसेन्जरबाट पैसा मागिएको, कल आएको कुरा शुभेच्छुकहरुबाट थाहा पाएँ । फेसबूक दुरुपयोग गरी त्यस्तो हर्कत गर्नेलाई कारवाहीका लागि खोजी कार्य जारी रहेको जानकारी गराउन चाहन्छु ।’

पछिल्लो समय विभिन्न चर्चित व्यक्ति, सेलिब्रिटीहरुको फेसबूक ह्याक हुने क्रम बढेको छ ।फेसबूक ह्याक भएपछि पत्रकार,कलाकार, उच्च पदस्थ व्यक्तिलगायतले प्रहरी गुहार्नु परेको छ ।