विराटनगरका विभिन्न स्थानमा अनिश्चितकालीन निषेधाज्ञा

विराटनगरका विभिन्न स्थानमा अनिश्चितकालीन निषेधाज्ञा

विराटनगर । जिल्ला प्रशासन कार्यालय, मोरङले विराटनगरका विभिन्न स्थानमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । कोशी प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशन आइतबारबाट सुरु हुँदैछ । बजेट अधिवेशनलाई अवरोध गर्न पहिचान पक्षधरले आन्दोलन घोषणा गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो ।

शुक्रबार जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति जारी गर्दै शनिबार बिहानबाट अनिश्चित समयका लागि देवकोटा चौकस्थित प्रदेशसभा भवन, रोडसेस चौक क्षेत्रमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मुख्यमन्त्री निवास, प्रदेश प्रमुखको कार्यालय तथा निवास, र जिल्ला प्रशासन कार्यालय लगायतका क्षेत्रमा विरोधसभा, जुलुस धर्ना, र्‍यालीजस्ता कार्य गर्न नपाउने उल्लेख गरेको छ।

मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जारी गरेको विज्ञप्तिमा प्रदेशको नामाकरणपश्चात असहमत पक्षबाट विरोध, धर्ना, जुलुस, आयोजना गर्दै शान्ति सुरक्षामा असर पर्न सक्ने हुदाँ सुरक्षा जोखिमलाई ध्यानमा राखेर निषेधाज्ञा जारी गरिएको जनाइएको छ। कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुंगले जेठ १४ गते आइतबारका लागि प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशन आह्वान गरेसँगै प्रशासनले शान्ति सुरक्षालाई लक्षित गर्दै निषेधाज्ञा जारी गरेको हो ।

गत फागुन १७ गते प्रदेशको नामाकरण कोशी राखिएसँगै पहिचान पक्षधरले असन्तुष्टि जनाउँदै आएका छन्। पहिचान पक्षधरले बजेट अधिवेशनसँगै विरोध चर्काउने र प्रदेशसभा भवन, मुख्यमन्त्री कार्यालयतर्फ प्रदर्शन गर्ने जनाउँदै आएका छन्। शुक्रबार दिउँसो पहिचान पक्षधरका स्वंयसेवकहरूले प्रदेश राजधानी विराटनगरका विभिन्न स्थानमा शान्तिपूर्वक प्रदर्शन गरेका थिए । आइतबारबाट प्रदेशसभा केन्द्रीत आन्दोलन गर्ने तयारी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.