पूर्वका जिल्लामा एउटै वस्तुको मूल्य फरक–फरक

पूर्वका जिल्लामा एउटै वस्तुको मूल्य फरक–फरक

काठमाडौं । खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा एउटै वस्तुलाई फरक–फरक मूल्यमा बेच्ने गरिएको सरकारी प्रतिवेदन सार्वजनिक भएको छ । राष्ट्रिय मानव अधिकार आयोगको २३औं वार्षिकोत्सवको अवसरमा आयोगको कोशी प्रदेश शाखा कार्यालय खोटाङले शनिबार दिक्तेलमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा बजारमा ‘एउटै वस्तुको मूल्य फरक–फरक’ रहेको प्रतिवेदन सार्वजनिक गरिएको हो ।

तीन जिल्लाका बजारमा एउटै वस्तुलाई फरक–फरक मूल्य तिर्न बाध्य बनिरहेका उपभोक्ताको हकहित संरक्षणमा स्थानीय तहको भूमिका सशक्त हुन नसकेको मानव अधिकार आयोगले जनाएको छ । चाडबाडको समयमा सवारी साधनको भाडा नियन्त्रण हुन नसकेको लगायतका विषयलाई मानव अधिकारको अवस्थामा सुधार हुन नसकेको पक्षमा उल्लेख गरिएको छ ।

मानव अधिकार सम्वन्धी पाँचौं राष्ट्रिय कार्ययोजना र दिगो विकास सम्बन्धी सूचकहरुलाई स्थानीयकरण गरी कार्यान्वयन गर्ने सम्बन्धमा तीन जिल्ला समन्वय समिति सहित अधिकांश स्थानीय तह गम्भीर नभएको आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.