प्रचण्ड र बाबुरामविरुद्ध युद्ध अपराधको मुद्दा दर्ता गर्न सर्वोच्चमा निवेदन

प्रचण्ड र बाबुरामविरुद्ध युद्ध अपराधको मुद्दा दर्ता गर्न सर्वोच्चमा निवेदन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन माओवादीका नेता तथा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईविरुद्ध सर्वोच्च अदालतमा निवेदन दिइएको छ । उनीहरुलाई युद्ध अपराधको मुद्दा चलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्दै निवेदन दिइएको हो ।

लेलिन विष्टलगायतले शुक्रबार प्रधानमन्त्री प्रचण्ड, डा भट्टराईविरुद्ध युद्ध अपराधको मुद्दा चलाएर कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका हुन् । बाल्यावस्थामा युद्धमा प्रयोग गरेको भन्दै प्रचण्ड र भट्टराईविरुद्ध युद्ध अपराधको मुद्दा चलाइनुपर्ने जिकिर रिट निवेदनमा गरेका छन् ।

साथै आफूहरूलाई बाल सेनाको दर्जाबाट बञ्चित गर्ने किसिमका कार्य नगर्नु भनी विपक्षीहरूको नाममा परमादेशको आदेश जारी गर्न पनि उनीहरूले माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.