झापामा लक्ष्यभन्दा कम राजस्व असुली

झापामा लक्ष्यभन्दा कम राजस्व असुली

दमक। आन्तरिक राजस्व कार्यालयले झापामा लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न नसकिएको जनाएको छ । जिल्लाका उद्योगधन्दा, कलकारखाना तथा व्यापार व्यवसायमा आएको मन्दीको असर राजस्वमा पनि परेको कार्यालयका प्रमुख कर अधिकृत सुभप्रसाद रिजालले बताउनुभयो । उक्त कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा रु दुई अर्ब ८५ करोड ३५ लाख ५० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा रु दुई अर्ब २६ करोड ४८ लाख ८० हजार राजस्व सङ्कलन भएको उहाँले जानकारी दिनुभयो ।

प्रमुख कर अधिकृत रिजालका अनुसार सङ्कलन भएको रकममध्ये करिब रु एक करोड ५० लाख विगत वर्षको पूर्वअनुमानित आयविवरण तथा दाखिला गरेको करको अङ्क फरक परेका ९मिसम्याच० करदाताबाट सङ्कलन भएको थियो । मूल्य अभिवृद्धि करबाट रु ७६ करोड १२ लाख ५५ हजार र अन्त शुल्कबाट रु ३७ करोड ३६ लाख १७ हजार राजस्व सङ्कलन गरिएको थियो ।

प्रमुख करअधिकृत रिजालले मूल्य मूल्य अभिवृद्धि कार र अन्तशुल्कतर्फसमेत लक्ष्यअनुसार राजस्व सङ्कलन नभएको बताउनुभयो । “सबै क्षेत्र आर्थिक सङ्कटमा चुलिएको छ”, उहाँले भन्नुभयो, “त्यसको प्रत्यक्ष असर राजस्वमा पनि देखियो ।” जिल्लामा आन्तरिक राजस्व कार्यालयको मुख्य करको स्रोत भनेको उद्योगधन्दा, व्यक्तिगत फार्म र व्यापारी नै रहेका प्रमुख करअधिकृत रिजालले जानकारी दिनुभयो । आर्थिक मन्दीको असर झापामा मात्र नभएर देशभरकै आन्तरिक राजस्व कार्यालयमा परेको उहाँको भनाइ थियो ।उक्त कार्यालय मतहातमा ५४ हजार बढी करदाता छन् ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.