‘राम्रो काम गर्न खोज्दा जनतामा भ्रम सिर्जना गर्ने काम भयो’

‘राम्रो काम गर्न खोज्दा जनतामा भ्रम सिर्जना गर्ने काम भयो’

काठमाडौंं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशका लागि राम्रो काम गर्न खोज्दा जनतामा भ्रम सिर्जना गर्ने काम भएको बताएका छन् । नेपाल मुस्लिम इत्तेहाद संगठनद्वारा सोमबार ललितपुरमा आयोजित इद मिलन तथा पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आफू प्रधानमन्त्री हुँदा पारदर्शिताका साथ देश विकासको भिजनका साथ अघि बढ्दा जनतालाई भ्रममा पार्ने सचेत हुन नदिने काम भएको बताएका हुन् ।

उनले नेपालमा अहिले कसैको मान मर्यादा हुन थाले बदनाम गर्ने प्रवृत्ति देखापरेको जिकिर गरेका छन् । ओलीले एमाले सरकारले पाँच सात दशकमा हुन नसकेको विकास गरेर देखाएको दावी गरे । योजना समयमा नै पुरा गर्ने र असाधारण विकासको गति ल्याँउदा पनि धर नपाएको उनको भनाइ छ ।
ओलीले अहिले राष्ट्रिय सद्भावसहितको एकताका लागि पहल गर्नुपर्ने बताए ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *