नेपाल प्रहरी: २२ जना डिएसपी एसपीमा बढुवा सिफारिस

नेपाल प्रहरी: २२ जना डिएसपी एसपीमा बढुवा सिफारिस

काठमाडौँ । नेपाल प्रहरीका २२ जना प्रहरी नायव उपरीक्षक (डिएसपी) लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवा सिफारिस गरिएको छ । शुक्रवार राति अबेरसम्म बसेको बढुवा समिति बैठकले सिफारिस सुची प्रकाशन गरेको हो ।

प्राप्त सूचीअनुसार डिएसपी गौतमकुमार केसीलाई १ नम्बरमा बढुवा सिफारिस गरिएको छ । एसपीमा बढुवा सिफारिस हुनेहरूमा वसुन्धरा खड्का, नवराज कार्की, गोविन्द पुरी, रामप्रसाद घर्तिमगर, वासुदेव पाठक, रुपेश खड्का, मिलन केसी, भावेश रिमाल, श्याम बहादुर खत्री, शालिग्राम शर्मा, हरिहरनाथ योगी, श्याम कुमार राई, र गोविन्दराज काफ्ले लगायत छन् ।

बढुवा समितिको निर्णयविरुद्ध ७ दिनभित्र लोकसेवा आयोगमा उजुरी दिन सकिन्छ । उजुरी नपरेमा गृहमन्त्रीले सो सिफारिसलाई बढुवा नियुक्ति निर्णय गर्नुपर्ने कानुनी व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.