पूर्वगृहमन्त्री खाण पक्राउ परेपछि देउवा, प्रचण्ड र ओलीबीच छलफल

पूर्वगृहमन्त्री खाण पक्राउ परेपछि देउवा, प्रचण्ड र ओलीबीच छलफल

काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबार बिहान चाबहिलस्थित निवासबाटै प्रहरीले कांग्रेस नेता बालकृष्ण खाणलाई गिरफ्तार गरेको थियो । त्यस्तै प्रहरीको फरार सूचीमा रहेका टोपबहादुर रायमाझीलाई दिउँसो नेकपा एमालेले निलम्बन गरेको छ ।

खाणको गिरफ्तारीसँगै राजनीतिमा तरंग आएको छ । मंगलबार पनि बालुवाटारमा तीन नेताबीच छलफल भएको थियो । सोमबार संवैधानिक परिषद्को बैठकका क्रममा सिंहदरबारमा तीन नेताबीच छलफल भएको थियो । यसैबीच, प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई सरकारी वकिलको कार्यालयमा पुर्‍याइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौं‌बाट उनलाई स्वास्थ्य परीक्षणका लागि वीर अस्पताल लगिएको थियो ।

त्यहाँ स्वास्थ्य परीक्षण गरेपछि सरकारी वकिलको कार्यालयमा पुर्‍याएको हो । सरकारी वकिलको कार्यालयबाट अब उनलाई जिल्ला अदालत काठमाडौंमा पेश गरिने छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा अनुसन्धानका लागि प्रहरीले खाँणलाई हिरासतमा राख्न अदालतसँग अनुमति लिन लागेको हो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.