स्ववियू चुनावका लागि नेविसंघलाई चाहियो १ करोड, देउवाले डाके कांग्रेसी मन्त्रीहरु

स्ववियू चुनावका लागि नेविसंघलाई चाहियो १ करोड, देउवाले डाके कांग्रेसी मन्त्रीहरु

काठमाडौं । फागुन १८ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको चुनाव लड्न खर्च लाग्ने भन्दै कांग्रेस भ्रातृसंस्था नेपाल विद्यार्थी संघले सभापति शेरबहादुर देउवासग एक करोड रुपैया माग गरेको छ । नेविसंघका अध्यक्ष नैनसिंह महरले देउवा निवास बुढानिलकण्ठमा पुगेर एक करोड मागेपछि खर्च उठाउन देउवाले शनिवार पार्टीका मन्त्रीहरुलाई डाके ।

बैठकमा उपस्थित एक मन्त्रीका अनुसार देउवाले स्ववियु चुनाव हुनै लागेकाले पैसा जसरी पनि जुटाउनु पर्ने र घोषित स्थानीय तहको चुनावका लागि पनि खर्च आवश्यक पर्ने वताएका थिए । उनका अनुसार देउवाको आसय पार्टीका मन्त्रीहरु आफैंले निश्चित रकम उठाएर पार्टीलाई ल्याएर बुझाए हुन्थ्यो भन्ने थियो । देउवाको कुरा सुन्नासाथ केही मन्त्रीहरु भने देउवासाग आक्रोशित भए ।

बैठकमा राजदूत नियुक्तिको विषय प्रवेश गराउादै वाणिज्यमन्त्री रोमी गौचन थकालीले आशा लामालाई राजदूत नियुक्त गर्दा उठाएको पैसा नै नेविसंघलाई दिन सुझाव दिए । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले राजदूत नियुक्तिमा पार्टीको तर्फबाट सरकारमा नेतृत्व आफूले गरे पनि जानकारी नभएको, पार्टी सभापति एक्लै हिंडेको जस्ता गुनासा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.