ओलीमाथि भएको आक्रमणबारे प्रधानमन्त्रीसँग जवाफ मागियो

ओलीमाथि भएको आक्रमणबारे प्रधानमन्त्रीसँग जवाफ मागियो

काठमाडौं । एमाले सांसद विष्णु पौडेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित आफ्ना नेताहरूमाथि भएको आक्रमणबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गर्नु भएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उहाँले १३ वैशाखमा झापामा अध्यक्ष ओली, सुवास नेम्वाङसहित एमालेका नेतामाथि आक्रमण भएको विषयमा गृहमन्त्रीको जवाफप्रति चित्त बुझाउन नसकिएको जनाउनु भयो । उहाँले प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गर्नुभयो ।

अध्यक्ष ओली पाँचथरमा रहेका र त्यहाँको शान्ति सुरक्षा राम्रो नभएकाले कुनै अप्रिय घटना भए सरकारलाई महँगो पर्ने उहाँले चेतावनी समेत दिनु भएको छ । झापामा ओलीमाथि भएको सांघातिक आक्रमणको प्रयासमा सत्तारुढ दलका कार्यकर्ताको संलग्नता रहेको सूचना आएको भन्दै उहाँले भन्नुभयो, ‘अध्यक्ष ओली र एमालेका नेतामाथि आक्रमण गरेर सरकारले के गर्न खोजेको हो ।’

नेतामात्र होइन आमनागरिकमाथि आक्रमण  र हत्या भएको भन्दै उहाँले सरकारले शान्ति सुरक्षा कायम गर्न नसकेको हो भन्दै प्रधानमन्त्रीसँग प्रश्न गर्नुभयो । दिनदहाडै कपनमा पसलमै निरा पाण्डे आचार्यको हत्या भएको र हत्यारा पत्ता लगाउन नसकेको भन्दै उहाँले देशभर सरकारले शान्ति सुरक्षा कायम गर्न नसकेको दाबी गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.