किमाथांका नाका बन्द भएपछि खाद्यान्न अभाव

किमाथांका नाका बन्द भएपछि खाद्यान्न अभाव

खाँदबारी। सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा खाद्यान्न अभाव भएको छ । कोरोना महामारीका कारण देखाउँदै चीन सरकारले किमाथाङ्का नाका तीन वर्षअघि बन्द गरेको थियो । नाका बन्द भएपछि चीनतिर बाट खाद्यान्न आयात हुन नसक्दा भोटखोलामा खाद्यान्न अभाव भएको गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिनुभयो ।

भोटखोलामा आलु, कोदो, मकै र फापर मात्र उत्पादन हुन्छ । उत्पादित खाद्यान्नले अधिकांश स्थानीयवासीलाई तीन महिना मात्र खान पुग्ने गरेको छ । सदरमुकाम खाँदबारीबाट किमाथाङ्का नाका करिब एक सय ६२ किलोमिटर टाढा पर्दछ । किमाथाङ्काका स्थानीयवासी दैनिक रोजगारीका लागि पनि विगतमा पारिका चाँगा र देन्दाङसम्म जाने गरेका थिए । त्यो पनि अहिले बन्द हुँदा ज्याला मजदुरी गरी खानेलाई मर्का परेको छ । करिब छ हजारको बसोबास रहेको यो क्षेत्रमा स्थानीय उत्पादनले तीन महिना पनि धान्दैन । किमाथाङ्का, चेपुवा, छुम्सुर रिदाक, थुदामलगायत गाउँका लागि चामललगायत दैनिक उपभोग्य सामग्री किनमेल गर्ने प्रमुख बजार चीनको चाँगा र देन्दाङ हो ।

९१ घर परिवारलाई राहत वितरण

खाद्यान्न अभाव भएपछि कोशी प्रदेश सरकार र विभिन्न सङ्घ संस्थाको सहयोगमा वडा नम्बर १ र २ का ९१ परिवारलाई राहत वितरण गरिएको गाउँपालिका अध्यक्ष भोटेले बताउनुभयो । खाद्यान्न अभाव भएका थुदाम, रिदाक र छुमुसुरका ९१ घर परिवारलाई राहत वितरण गरिएको उहाँको भनाइ छ ।

कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रलयबाट ९० क्विन्टल चामल प्राप्त भएको थियो । हाइ हिमालयन एक्सपिपडिसन प्राइभेट लिमिटेडका मेनेजिङ डाइरेक्टर ज्याम्याङ सालाका भोटेले रु एक लाख २० हजार, द इस्ट फाउण्डेशन संस्थाबाट रु २० हजार र नेल्होस नेपाल संस्थाबाट रु ३० हजार सहयोग प्राप्त भएको अध्यक्ष भोटेले बताउनुभयो ।

पालिका अध्यक्ष भोटेले उक्त क्षेत्रमा उत्पन्न भएको खाद्यान्न सङ्कट समाधान गर्न थप राहतका लागि जिल्ला विपत् व्यवस्थापन समितिको सिफारिससहित पाँच सय क्विन्टल चामल कोशी प्रदेश सरकारसँग माग गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार सदरमुकाम खाँदबारीबाट भरिया र खच्चडमा पु¥याइने खाद्यान्न सामग्री अचाक्ली महँगो भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.