विराटनगर तनावग्रस्त, ८१ राउन्ड अश्रुग्यास प्रहार

विराटनगर तनावग्रस्त, ८१ राउन्ड अश्रुग्यास प्रहार

विराटनगर । प्रदेश १ को नाम कोशी राखेको विरोधमा भएको आन्दोलनमा ज्यान गुमाएका पदम लिम्बूको शवयात्राका क्रममा विराटनगरमा झडप भएको छ । आन्दोलनरत पक्षले निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलले जानकारी दिनुभयो । झडपमा नेपाल प्रहरीका तीन जना, सशस्त्र प्रहरी बलका तीन जना गरी ६ जना सुरक्षाकर्मी र ६ जना आन्दोलनकारी घाइते भएको पोखरेलले जानकारी दिनुभयो ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ८१ राउन्ड अश्रुग्याँस प्रहार गरेको एसपी पोखरेलले बताउनुभयो । झडप सुरु हुनुअगाडि आन्दोलनकारीका तर्फबाट पेट्रोल बम प्रहार गरेको प्रहरीको दावी छ । पहिचान पक्षधरले कोशी नाम खारेजको माग गर्दै गत चैत ५ गते विराटनगरमा गरेको वृहत प्रदर्शनका क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो ।

झडपमा घाइते भएका लिम्बूको उपचारको क्रममा चैत १० गते ज्यान गएको हो । लिम्बूलाई संघीय सरकारले सहिद घोषणा गर्ने र उनको परिवारलाई क्षतिपूर्ति दिने निर्णय गरिसकेको छ भने कोशी प्रदेश सरकारले पनि लिम्बूको परिवारलाई ३ लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.