प्रचण्ड नेतृत्वको म्यादी सरकार आफैं ढल्छ : एमाले अध्यक्ष ओली

प्रचण्ड नेतृत्वको म्यादी सरकार आफैं ढल्छ : एमाले अध्यक्ष ओली

कलैया  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई म्यादी सरकारको संज्ञा दिनु भएको छ । बारा क्षेत्र नम्बर–२ मा आयोजित चुनावी सभामा उनले सरकार धेरै नटिक्नेसमेत दाबी गर्नु भयो । ‘म्यादी सरकार । यो आफैं ढल्छ । हामीले ढाल्छौं भनेको छैन,’ उहाँले भन्नुभयो,’ हामी यो सरकारलाई हात पनि लगाउँदैनौं । आपसमै ठीक भइहाल्छ । धेरै चल्नेवाला होइन् केही दिनको मेहमान हो ।’

अध्यक्ष ओलीले वर्तमान सरकारलाई बिदा गर्नुपर्ने बताउनु भयो । गठबन्धन कायम रहे वृद्धभत्ता समेत कट्टा हुने अध्यक्ष ओलीको भनाइ थियो । ओलीले प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल काम छाडेर किन कार्यक्रममा आएको भन्दै प्रश्न समेत गर्नु भयो । आफू सरकारमा हुँदा राम्रा काम गरेको भन्दै तीन नेताले गरेको राम्रो काम के हो रु भनी ओलीले  प्रश्न गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.