सप्तकोसीमा पौडी खेल्दा बेपत्ता भएकामध्ये १ जनाको शव भेटियो

सप्तकोसीमा पौडी खेल्दा बेपत्ता भएकामध्ये १ जनाको शव भेटियो

चतरा । सप्तकोसी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका तीनमध्ये एक जनाको शव भेटिएको छ । सुनसरीको बराहक्षेत्रमा रहेको कोसी नदीको भङ्गालो नजिक पौडी खेल्ने क्रममा डुबेकामध्ये झापाको दमक नगरपालिका–२ का १७ वर्षका नवीन न्यौपानेको शव घटनास्थल नजिकै भेटिएको सुनसरीका प्रहरी उपरीक्षक ९एसपी० प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो ।

यस्तै दमक–९ का १९ वर्षका रुद्र न्यौपाने र मोरङको उर्लाबारी नगरपालिका–७ का १८ वर्षका राज गुरागाईंको खोजी भइरहेको डीएसपी ढकालले बताउनुभयो । ती युवाहरू आफन्तको श्राद्ध गरिँदै गरेको ठाउँबाट पौडी खेल्नका लागि कोसीमा गएका उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.