बैशाख १ गतेका साथै आज शनिबार पनि पर्यटकिय क्षेत्र भरिभराउ

बैशाख १ गतेका साथै आज शनिबार पनि पर्यटकिय क्षेत्र भरिभराउ

विराटनगर । नयाँ वर्ष २०८० को अवसरमा देशभरका सबैजसो पर्यटकीय स्थलमा आन्तरिक पर्यटकको घुइँचो लागेको छ । नयाँ वर्षलगत्तै शनिवार परेकाले कतिपय ठाउँमा आज पनि पर्यटकको घुइँचो छ ।

पूर्वका विभिन्न स्थानमा पर्यटकको घुइँचो लागेको छ । यस्तै काठमाण्डौ उपत्यकाभित्र र वरपरका ठाउँसँगै देशभरका पर्यटकीय स्थलहरुमा घुम्न जाने आन्तरिक पर्यटकको सङ्ख्या उल्लेखनीय रहेको छ । काठमाण्डौ उपत्यकाभित्रका स्वयम्भू, पशुपति, गोदावरी, बालाजु बाइसधारा, चम्पादेवी, चन्द्रागिरि, शिवपुरी, फूलचोकी, घ्याम्पेडाँडा, त्रिभुवन पार्क लगायतका ठाउँमा हिजो दिनभर नै घुम्न जानेहरुको चहलपहल थियो ।

मुख्य पर्यटकीय क्षेत्र पोखरा, भक्तपुरको नगरकोट, काभ्रेको धुलिखेल, चितवनको सौराहा लगायत ठाउँमा अस्ति शुक्रवारदेखि नै चहलपहल बढेको छ । कतिपय ठाउँमा नयाँ वर्षको अवसर पारेर मेला महोत्सव पनि गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.